ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ को स्थितीपत्र : २५ प्रतिशत बढी जनता गरिब, ७० प्रतिशत बढी मापदण्ड बिपरितका नगरपालिका


sharan sharan
२९ चैत्र २०७४, बिहिबार   ५ : ४६   बजे

बुटवल, २९ चैत्र । संघिय सरकारले समग्र मुलुकको स्थिती पत्र सार्वजानीक गरे लगत्तै प्रदेश ५ सरकारले पनि प्रदेश नम्बर ५ को स्थितीपत्र सार्बजनिक गरेको छ । सरकारले प्रदेश ५ भित्र रहेका १२ वटा जिल्लाको आर्थिक तथा सामाजिक अबस्था सार्बजनिक गरेको हो ।
आज बसेको ५ नम्बर प्रदेश सभा बैठकमा प्रदेशको सामाजिक, आर्थिक विकासको स्थितिपत्र पेश गर्दै प्रदेश नम्वर ५ का मुख्यमन्त्रि शंकर पोखरेलले योजना निर्माण र कार्यान्वयनमा एक भएर अघि बढ्न सबैमा आग्रह गर्नृुभयो ।
१२ जिल्ला रहेको ५ नम्बर प्रदेशमा ४४ लाख ५८ हजार जनसंख्या रहेको छ । विभिन्न कोणबाट अध्ययन गर्दा प्रदेश धेरैजसोमा तेस्रो तथा चौथो अवस्थामा रहेको स्थितीपत्रका उल्लेख गरिएको छ । प्रदेश ५ मा ११ हजार किलोमिटर सडक रहेको भन्दै स्थितीपत्रमा रुपन्देहीका ३५ प्रतिशत ग्रामीण सडक पक्की रहेको लेखिएको छ । नवलपरासीमा जम्मा ११ प्रतिशत मात्र ग्रामीण सडक पक्की रहेको पनि स्थितिपत्रमा उल्लेख छ । सडकसहित अन्य विकास निर्माणमा पश्चिमका जिल्लाहरू पछाडि परेको तथ्यांक रहेको छ । स्थितीपत्रका अनुसार प्रदेशमा २५.८ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन । प्रदेश ५ का ७० प्रतिशत बढी नगरपालिकाहरुको नगरपालिकाका लागि आवश्यक मापदण्ड पगेको छैन ।
स्थिी पत्र सार्वजानीक भए लगत्तै एबिसीसंग प्रतिक्रिया दिंदै नेपाली कांग्रेसका प्रदेश सभासद निर्मला क्षेत्रीले स्थितीपत्रले प्रदेशका सबैभागलाई सम्बोधन गर्न नसकेको बताउनुभयो ।
सत्तारुढ माओबादी केन्द्रका सभासद तिलकराम शर्माले स्थितीपत्रले पक्षपात गरेको भन्दै प्रदेशको समग्र अवस्थालाई स्थितीपत्रले सम्बोधन नगरेको बताउनुभयो ।
५ नम्वर प्रदेशको सामाजिक, आर्थिक विकासको स्थितिपत्र पेश भएसंगै प्रदेश सभाको बैठक भोलीसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सारछलीको मोबाइलसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

बादल र इन्दिराले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाउन निर्देशन

सम्बन्धित

पहिरोको जोखिमबीच पोखराबाट काठमाडौँ फर्किँदै प्रधानमन्त्री बालेन

छिटो न्याय दिए मात्रै जनताको भरोसा बढ्छ : प्रधानन्यायाधीश शर्मा

जनताको आशा र भरोसा बढाउन छिटो न्याय दिनुपर्छ: प्रधानन्यायाधीश शर्मा

पुराना बजारको अस्तित्व संकटमा, सडक र बसाइँसराइले फेरिँदैछ गण्डकीको भूगोल

परिवारसहित अस्ताम पुगे प्रधानमन्त्री बालेन, स्थानीय भेट्न खोजे तर सुरक्षाकर्मीले रोके

नवनिर्मित सभाहलमा फर्किँदै गण्डकी प्रदेशसभा, भदौ ११ मा मुख्यमन्त्रीसँग सांसदको प्रत्यक्ष सवाल-जवाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu