काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा मोबाइल फोन, ल्यापटप तथा मोबाइलका पार्टपुर्जासहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
विमानस्थल सुरक्षा टोलीले ग्वान्झाउबाट चाइना इस्टर्न एयरलाइन्सको उडानमार्फत काठमाडौं आएका २९ वर्षीय चेन जुङसेनदाईलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार चेनको साथबाट आइफोन, विभिन्न मोबाइल फोनका पार्टपुर्जा तथा सुर्तीजन्य पदार्थ बरामद गरिएको छ । उनले ल्याएका सामानको बिल नभएको र करिब ७२ लाख रुपैयाँ बराबरको रहेको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
विमानस्थल सुरक्षा प्रवक्ता प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार चेनलाई आवश्यक कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।
यसैबीच, कतारको दोहाबाट काठमाडौं आएका धनुषाका कृष्णदेव यादवको साथबाट तीन थान सुनका सिक्रीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
विमानस्थलमा पछिल्लो समय अवैध तथा भन्सार छली गरी ल्याइएका सामानमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्