ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गरिमा हत्या प्रकरणः सुमनले पोलेका प्रदीप खड्का पक्राउ


ABC NEWS
८ भदौ २०८३, सोमबार   ७ : १५   बजे

जनकपुरधाम । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दुसधराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले थप एक नाबालकलाई पक्राउ गरेको छ । मुख्य आरोपी मानिएका सुमन थापाले पोलेका प्रदीप खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

योसँगै घटनामा पक्राउ पर्नेको संख्या ८ पुगेको छ । जीतपुर सिमरा उपमहानगरपालिका–२ बस्ने कक्षा ९ मा अध्ययनरत १४ वर्षीय खड्कालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।

सुमन थापाको भाइरल भिडिओमा प्रदीपलाई उनले पोलेका थिए । प्रदीपकै योजना र अगूवाईमा बालिकामाथि अपराध गरेको उनको दाबी छ । घटनापछि प्रदीप त्यहाँबाट भागेको उनले बताएका छन् । सुमनको सोधपुछको भिडिओ सामाजिक सञ्जालमा आएपछि मात्र प्रहरीले प्रदीपलाई समातेको हो ।

अनुसन्धान र थप पक्राउ

उनलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए । गरिमाको शव भेटिएपछि प्रहरीले सुरुमा सुमन थापा र प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा प्राप्त सूचना र प्रमाणका आधारमा प्रहरीले थप व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । गरिमाको परिवारले दिएको पूरक जाहेरीपछि शनिबार प्रहरीले थप पाँच जनालाई पक्राउ गर्यो ।

सामूहिक अपराधको आशंका

प्रहरीले पक्राउ परेका अन्य व्यक्तिहरूको पहिचान भने हालसम्म सार्वजनिक गरेको छैन । घटनामा बालिकामाथि सामूहिक बलात्कार भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, त्यसबारे अनुसन्धान पूरा नभएसम्म यकिन निष्कर्षमा पुग्न नसकिने प्रहरीले जनाएको छ । घटनामा पक्राउ परेकाहरूको बयान, भौतिक प्रमाण तथा अन्य प्राविधिक पक्षबाट सामूहिक बलात्कार भएको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्देशन अटेर गरी बागमती सरकारमा सहभागी तीन सांसदलाई राप्रपाले गर्‍यो पदमुक्त

 तीन सातापछि लगानी बोर्डको जिम्मेवारी सम्हालिन् नवनियुक्त सीईओ याङ्की उक्याब

सम्बन्धित

विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउँछौँ : सञ्चारमन्त्री तिमिल्सिना

 बैंकको नाफा चम्कियो, तर खराब कर्जा किन झन् बढ्यो ?

 नेपालमा विपद् तयारी उपकेन्द्र स्थापना गर्न सरकार र एडीपीसीबीच सम्झौता

 अब हरेक साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

 मानवीय सेवामा सहकार्य गर्न एनआरएनए र नेपाल रेडक्रसबीच सम्झौता

 गरिमा हत्या प्रकरणको भाइरल भिडिओपछि एसपी कुँवरसहित प्रहरी अधिकारी छानबिनको दायरामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu