ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 पहिरोको जोखिमपछि बागलुङमा एक परिवार सुरक्षित स्थानमा सारियो


ABC NEWS
२१ श्रावण २०८३, बिहिबार   ९ : ३२   बजे

 

बागलुङ । घरमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि बागलुङ नगरपालिका–६ उपल्लाथरका एक परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

भान्सा गाउँको शिरस्थित धुलेओडारबाट खसेको पहिरोका कारण उपल्लाथरका मणिशंकर सापकोटा र विद्यापति सापकोटाको घर उच्च जोखिममा परेपछि नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयबासीको सहकार्यमा मणिशंकर सापकोटाको परिवारलाई छिमेकी दशरथ सापकोटाको घरमा सारिएको हो।

बागलुङ नगरपालिका–६ का वडाध्यक्ष रुद्र केसीका अनुसार निरन्तर वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएकाले थप जोखिम हुन नदिन परिवारलाई तत्काल सुरक्षित स्थानमा सारिएको हो। उहाँका अनुसार विद्यापति सापकोटाको घर पनि पहिरोको जोखिममा परे पनि त्यहाँ हाल बसोबास भने छैन।

करिब १२० मिटर माथिबाट खसिरहेको पहिरो तत्काल नियन्त्रण गर्ने अवस्था नरहेको वडाध्यक्ष केसीले बताए। वर्षा कम भएपछि मात्रै पहिरो नियन्त्रण तथा जोखिम न्यूनीकरणका उपायबारे योजना बनाउन सकिने उहाँको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले पहिरोका कारण जोखिममा परेको घरबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य महत्वपूर्ण सामग्री सुरक्षित स्थानमा सार्ने काम प्रहरी र स्थानीयबासीको सहकार्यमा भइरहेको जानकारी दिए।

निरन्तर वर्षासँगै जिल्लाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेकाले स्थानीय प्रशासनले जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

४३ वर्षदेखि ‘पर्खाइ’मै ढोरपाटन : करोडौँ राजस्व काठमाडौं पुग्छ, स्थानीय भने लाभबाट वञ्चित

कास्कीमा बिहान ७ देखि साँझ ७ बजेसम्म मात्रै ग्यास बिक्री गर्न पाइने

पोखरा उद्योग वाणिज्य संघको चुनावी सरगर्मी: अध्यक्षमा चार दाबेदार, सहमतिभन्दा प्रतिस्पर्धाको संकेत

पहिरोले पेट्रोलपम्प पुरिँदा पाँच मोटरसाइकल क्षतिग्रस्त

तनहुँमा पहिरोले दुई दिनदेखि बुद्धसिंह मार्ग अवरुद्ध

सिद्धार्थ राजमार्गमा सुक्खा पहिरो, सयौँ सवारी अलपत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu