ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिद्धार्थ राजमार्गमा सुक्खा पहिरो, सयौँ सवारी अलपत्र


ABC NEWS
२१ श्रावण २०८३, बिहिबार   ९ : ३०   बजे

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तानसेन–बुटवल सडकखण्डमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने यात्रुहरू गन्तव्यतर्फ जान सकेका छैनन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बिहीबार बिहान करिब ११ः३० बजे तानसेन–बुटवल सडकखण्डको गौडेपुलनजिकै सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। गएरातिको अविरल वर्षापछि बिहान पहिरो खसेको प्रहरीले जनाएको छ।

सडक डिभिजन कार्यालय पाल्पाले सडक खुलाउने प्रयास भइरहेको जनाएको छ। कार्यालयका सूचना अधिकारी महेश्वर लम्सालका अनुसार पहिरो पन्छाउन प्रयोग गरिएको एउटा डोजरको टायर पञ्चर भएपछि काम प्रभावित भएको छ। अहिले अर्को डोजर ल्याएर पहिरो हटाउने तयारी भइरहेको उनले बताए।

गौडेपुल क्षेत्र प्रत्येक वर्ष सुक्खा पहिरोको उच्च जोखिममा पर्ने स्थान हो। तानसेन–८ स्थित डाँडाबाट गेग्रानसहितको पहिरो खस्ने क्रम दोहोरिने गरेको सडक डिभिजन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार पहिरो नियन्त्रणका लागि विभिन्न प्रयास भए पनि सिद्धार्थ राजमार्गभन्दा करिब दुई मिटर माथिबाट पहिरो खस्ने भएकाले दीर्घकालीन व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी विपत्तिमा विश्वको साथ : आर्थिक सहयोगदेखि बेलिब्रिज र डीएनए किटसम्म

बिहान उद्धार, दिउँसो सावधानी : रसुवा–नुवाकोटमा मौसमविद्को सुझाव

सम्बन्धित

रसुवा बाढीमा मृत्यु भएका १०२ शव पोखरा ल्याइयो, ८७ वटाको पोस्टमार्टम पूरा

२४ वर्षपछि मलेसियाबाट घर फर्किए होमबहादुर, गाउँलेले माया मारिसक्दा पत्नीले आशा छाडिनन्

बागलुङमा तायाः मचा नाचसहित गाईजात्रा

राहत कोषमा निसीखोला गाउँपालिकाको ३ लाख

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

पोखरामा पहिचान हुन नसकेका शवको वैकल्पिक व्यवस्थापन गरिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu