ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कास्कीमा बिहान ७ देखि साँझ ७ बजेसम्म मात्रै ग्यास बिक्री गर्न पाइने


ABC NEWS
२१ श्रावण २०८३, बिहिबार   ९ : ३२   बजे

 

पोखरा । कास्कीमा एलपी ग्यासको बिक्री–वितरणलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले नयाँ व्यवस्था लागू गरेको छ। अबदेखि जिल्लाभित्र बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्रै ग्यास बिक्री–वितरण गर्न पाइने भएको छ।

प्रशासनका अनुसार पछिल्लो समय रातिको समयमा ग्यासको कालोबजारी तथा अवैध कारोबार भइरहेको सूचना प्राप्त भएपछि यस्तो निर्णय गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा जारी सूचनामा ग्यास बिक्रेताले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी, भाडामा बस्ने विद्यार्थी तथा घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकताका साथ ग्यास उपलब्ध गराउनुपर्ने उल्लेख छ।

त्यसैगरी, ग्यास खरिद गर्ने प्रत्येक उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ। यसले वितरण प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने प्रशासनको विश्वास छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार गत वर्षको यही अवधिको तुलनामा हाल कास्कीमा नियमित माग धान्न सक्ने परिमाणमा ग्यास आपूर्ति भइरहेको छ। तर, २०८३ साल साउनको सुरुदेखि १४.२ केजी क्षमताको पूरा सिलिन्डर वितरण सुरु भएपछि देशभर एकैपटक माग बढ्दा बजारमा केही असहज अवस्था सिर्जना भएको जनाएको छ।

बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न नेपाल आयल निगम, ग्यास उत्पादक, ग्यास बिक्रेता संघ, उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च तथा सञ्चारकर्मीसहित सरोकारवाला निकायसँग निरन्तर समन्वय भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिएका छन्।

प्रशासनले तोकिएको समयभन्दा बाहिर ग्यास बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा उपभोक्तालाई अनावश्यक सास्ती दिने व्यक्ति तथा संस्थामाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।

साथै, ग्यास आपूर्ति तथा वितरणलाई सहज, निष्पक्ष र प्रभावकारी बनाउन निजी क्षेत्र, उपभोक्ता तथा सबै सरोकारवालालाई सहयोग गर्न प्रशासनले आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

४३ वर्षदेखि ‘पर्खाइ’मै ढोरपाटन : करोडौँ राजस्व काठमाडौं पुग्छ, स्थानीय भने लाभबाट वञ्चित

 पहिरोको जोखिमपछि बागलुङमा एक परिवार सुरक्षित स्थानमा सारियो

पोखरा उद्योग वाणिज्य संघको चुनावी सरगर्मी: अध्यक्षमा चार दाबेदार, सहमतिभन्दा प्रतिस्पर्धाको संकेत

पहिरोले पेट्रोलपम्प पुरिँदा पाँच मोटरसाइकल क्षतिग्रस्त

तनहुँमा पहिरोले दुई दिनदेखि बुद्धसिंह मार्ग अवरुद्ध

सिद्धार्थ राजमार्गमा सुक्खा पहिरो, सयौँ सवारी अलपत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu