ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘टिएमजे’ क्षेत्र ढकमक्क बन्यो


ABC NEWS
२२ श्रावण २०८३, शुक्रबार   ४ : ५५   बजे

ताप्लेजुङ । गतवर्ष सरकारले दमकलबाट पानी हाल्दासमेत नफुलेको गुराँस यसपटक समयमै फुलेको छ । अघिल्लो साल कोशी पर्यटन वर्ष उद्घाटन गर्ने बेलासम्म गुँरास नफुलेपछि सरकारले रकम खर्चिएरै भएपनि गुराँस फुलाउन जोड गरेको थियो तर यस वर्ष गुराँस फुलाउन कुनै लगानी गर्न परेन ।

नयाँ वर्षको पदचापसँगै पूर्वी नेपालको पर्यटकीय मुटु तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रमा लालीगुराँसको बैँस फर्किएको छ । ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभाको सङ्गमस्थलमा अवस्थित यो क्षेत्र अहिले ढकमक्क फुलेका गुराँसले राताम्मे देखिन थालेको हो । वनै श्रृंगारिए जस्तो देखिने यो मनमोहक दृश्यले प्रकृतिप्रेमीहरूलाई ‘टिएमजे’ तिर निम्तो गरिरहेको भान हुन्छ ।

गुराँसको राजधानी’ भनेर चिनिने यस क्षेत्रमा नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस पाइन्छन् । अहिले राष्ट्रिय फूल लालीगुराँस मात्र नभएर सेतो, गुलाबी र पहेँला रङ्गका गुराँसले पनि पहाडका भित्ताहरू रङ्गिएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ ताप्लेजुङका अध्यक्ष सुरज ओझाका अनुसार बैशाखको पहिलो सातासम्ममा यो क्षेत्र पूर्ण रूपमा फुलेर ढकमक्क हुनेछ, जसले पदयात्रीहरूलाई एउटा जीवन्त बगैँचाको महसुस गराउनेछ ।

गुराँस फुल्ने सिजन सुरु भएसँगै आन्तरिक र छिमेकी मुलुक भारतका पर्यटकहरूको चहलपहल ह्वात्तै बढेको छ । गुराँसको सौन्दर्यमा हराउँदै पर्यटकहरू प्रसिद्ध गुफा पोखरीको नीलो पानी र वसन्तपुरस्थित लिम्बू संस्कृतिको धरोहर ‘चोलुङ पार्क’ मा रमाउने गरेका छन् । बैशाखभर रहने गुराँसको यो रौनकले स्थानीय पर्यटनमा नयाँ उत्साह सञ्चार गरेको छ । राताम्मे पहाड, कञ्चन पोखरी र लेकाली हावाको संस्पर्शले पर्यटकहरूलाई यस क्षेत्रमा बारम्बार तानिरहेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर फेरि वर्षाको सक्रियता, पहाडमा पहिरो र तराईमा बाढीको जोखिम

 अनलाइन सरुवा प्रणालीबाट दुर्गम–सुगममा सन्तुलन खोज्दै सरकार

सम्बन्धित

‘कोशीमा बिहार उत्सव’ चैत २६ देखि

‘निजी क्षेत्रमैत्री बनोस् पर्यटन बोर्ड’– महिला पर्यटन व्यवसायीको आग्रह

ब्रोड पिकबाट निर्मल पुर्जासहित चार आरोहीको शव आधारशिविरमा ल्याइयो

४३ वर्षदेखि ‘पर्खाइ’मै ढोरपाटन : करोडौँ राजस्व काठमाडौं पुग्छ, स्थानीय भने लाभबाट वञ्चित

मर्दी हिमाल पदयात्रामा गएका तीन युवा जंगलमा अलपत्र, उद्धार अभियान जारी

 पुस्तकमा चर्चित, यात्रुका लागि अझै ओझेलमा ‘भालेबास्ने ताल’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu