ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०७४ वर्षका चर्चित घटनाहरु


एबीसी न्यूज

काठमाडौं, २९ चैत-शनिवार अर्थात भोली विक्रम संवत २०७५ शुरु हुँदैछ । बिदा हुँदै गरेको वर्ष २०७४ मा देशमा केही बिर्सनलायक घटना भए । केही दैवी प्रकोपका कारण र केही दुर्घटनाका कारण ।

विमान दुर्घटना

२०७४ सालको सबैभन्दा बिर्सनलायक घटना फागुन २८ गते काठमाडौंको त्रिभुवन विमानस्थलमा भएको युएस बंगला एयरलाइन्सको विमान दुर्घटना हो । दुर्घटनामा चालक दलका ४ सहित विमानमा सवार ५१ जनाको निधन भयो । ६७ जना यात्रु रहेको विमानबाट १७ जनाको जीवितै उद्धार गरिएको भए पनि दुई जनाको उपचारका क्रममा निधन भएको थियो ।

विमानमा बंगलादेशमा एमबीबीएस पढ्दै गरेका विद्यार्थी थिए । एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनाका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली आकाश र विमानस्थलबारे नकारात्मक सन्देश गयो । युएस बंगलाले काठमाडौं उडान स्थगित गर्‍यो ।

गएको जेठ १७ गते नेपाली सेनाको जहाज बाजुरामा दुर्घटना भयो । सुर्खेतबाट हुम्लास्थित सिमकोटका लागि उडेको नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना हुँदा महासेनानी क्याप्टेन कैलाश गुरुङको मृत्यु भयो । विमानकी सहचालिका र स्टेवार्ड घाइते भए ।

सोलुखुम्बुको लुक्ला विमानस्थलमा जेठ १३ गते गोमा एयरको कार्गो विमान दुर्घटना विमानका चालकको निधन भयो । चालका पारस राईको उपचारका क्रममा निधन भएको हो । दुर्घटनामा सहचालक श्रीजन मानन्धर र परिचारिका प्रज्ञा महर्जन घाइते भए ।

ठूला बस दुर्घटना

सप्तरीबाट काठमाडौं आउँदै गरेको बस कात्तिक ११ गते धादिङको गजुरी गाउँपालिका– ५ स्थित त्रिशूली नदीमा खस्दा ३० जनाको मृत्यु भयो । दुर्घटनामा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीका एकै परिवारका पाँच जनाको निधन भयो । दीपावली र छठ पर्व सम्पन्न गरी काठमाडौं हिँडेका सञ्जितकुमार झासहित परिवारका पाँचजनाको मृत्यु भएको थियो ।

कालिकोटको जितेबाट कञ्चनपुरको महेन्द्रतगरतार्फ जाँदै गरेको बस असार १ गते दैलेखको आठबीस नगरपालिका–४ भेलतडास्थित नैनदेवल मन्दिर नजिक दुर्घटना हुँदा ११ जनाको मृत्यु भयो । ना४ख २९९८ नम्बरको बस दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका थिए ।

काठमाडौंबाट नुवाकोटको खरानीटार जाँदै गरेको बस भदौ २४ मा शिवपुरी गाउँपालिका–७ स्थित सुनखानीको ठानाभञ्ज्याङमा दुर्घटना हुँदा सात जनाको मृत्यु भयो ।

आगलागी

गएको असार ४ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ बीपी चोकस्थित गाई फार्ममा आगलागी हुँदा ४६ गाई जलेर मरे । स्थानीय बाबुराम कार्कीले सञ्चालन गरेको ओम कृषि फार्ममा रहेका १ सय २२ गाईमध्ये केही जलेर घाइते भए ।

असोज १५ गते काठमाडौंको बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा भएको भीषण आगलागीमा ४० घर नष्ट भए । मानबहादुर विकको घरमा दियो बाल्दाबाल्दै शुरु भएको आगलागीमा करीब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए ।

गएको पुस ५ गते वीरगञ्जस्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी भयो । वीरगञ्ज महानगरपालिका– २२ स्थित पटेलनगरमा रहेको उद्योगको आगलागी नियन्त्रणका लागि सेना र सशस्त्र प्रहरीलाई हम्मेहम्मे पर्‍यो ।

बाढीपहिरो

देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानका कारण १ सय ११ जनाको मृत्यु भयो । बाढीका कारणमध्य तराईका जिल्ला अस्तव्यस्त बने । दशौंहजार घरहरू डुबानमा परे र तराईमा भयाभह स्थिति सिर्जना भयो ।

जीप दुर्घटना

गएको पुस ३० गते संखुवासभामा जीप दुर्घटना हुँदा मकालु गाउँपालिका अध्यक्षसहित पाँच जनाको मृत्यु भयो । संखुवासभाको मकालु– ३ समाटार भन्ने स्थानमा जीप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटवालको निधन भयो ।

माघ २७ गते पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोलाङबाट त्रिशूली नदीमा जीप खस्दा नेपाल सरकारका बहालवाला सचिव रामानन्दप्रसाद यादवको मृत्यु भयो ।

गएको असोज १० गते काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ३ शिखरआमबोटेमा बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो । बनेपाबाट डाँडापारी गोकुले जाँदै गरेको बा १४ च ९५५६ नम्बरको बोलेरो दुर्घटनामा ५ जना महिला र १ जना पुरुषको मृत्यु भयो ।

यी त प्रतिनिधिमूलक घटना हुन्, वर्षभरीमा दर्जनौँ सानाठूला दुर्घटना भए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com