ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ वर्षमा सौराहा भरिभराउ


एबीसी न्यूज
३० चैत्र २०७४, शुक्रबार   १ : २९   बजे


चितवन, ३० चैत  । पर्यटकीय क्षेत्रमा नयाँ वर्ष भन्नेबित्तिकै अंग्रेजी नयाँ वर्षलाई लिने गरिन्थ्यो । अंग्रेजी नयाँ वर्षमा अन्तरिक र बाह्य पर्यटकले यहाँका होटल तथा रिसोर्ट भरिभराउ हुन्थे ।

पर्यटन व्यवसायीलाई पनि पर्यटक भनेपछि विदेशीमात्रै लाग्ने गथ्र्याे । अहिले अवस्था त्यस्तो छैन । पछिल्ला वर्षहरुमा विसंको पहिलो दिन वैशाख १ गते नयाँ वर्ष मनाउनेहरु आन्तरिक र बाह्य दुवै हुने गरेका छन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार विसंको पहिलो दिन वैशाख १ गते नयाँ वर्ष मनाउन आउनेहरुको संख्या वर्षेनी बढ्दो छ । उहाँले भन्नुभयो, “तीन वर्षयता नयाँ वर्ष मनाउन यहाँ आउने संख्या वर्षेनी बढ्दै गएको छ ।”

त्यसअघिका वर्षहरुमा अंग्रेजी नयाँ वर्ष मनाउन पर्यटक आउने भए पनि नेपाली नयाँ वर्षमा पर्यटकीय क्षेत्र प्रायः सुनसान जस्तो हुन्थे । पछिल्ला वर्षहरुमा नेपाली नयाँ वर्षमा आन्तरिक र बाह्य पर्यटकले होटल भरिभराउ हुने गरेका छन् ।

गतवर्ष नेपाली नयाँ वर्षमा ८० प्रतिशत सौराहाका होटल बुकिङ भएका थिए । यसवर्ष ९० प्रतिशत होटल बुकिङ भइसकेको घिमिरेले बताउनुभयो । उहाँका अनुसार ६० देखि ७० प्रतिशत आन्तरिक तथा बाँकी बाह्य पर्यटक सौराहामा छन् । अंग्रेजी नयाँ वर्षमा शतप्रतिशत होटल बुकिङ हुने गर्छ । सौराहाका ११० होटलमा पाँच हजार ५०० पर्यटक राख्न सकिन्छ । धेरै आन्तरिक पर्यटक आज आएर भोलि फर्किने गर्छन् । बाह्य पर्यटक दुई÷तीन दिनसम्म बस्न सक्छन् ।

रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरी सौराहाका होटल रेष्टुरेण्टहरु पर्यटकले भरिएको बताउनुहुन्छ । उहाँका अनुसार बिहीबारदेखि नै पर्यटकको चहलपहल बढेको छ । त्यसो त विदेशीले भन्दा नेपाली पर्यटकले बढी खर्च गर्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेपालीको गोजीमा रु एक हजार भयो भने रु ९०० खर्च गर्छन् विदेशले रु एक हजार भयो भने रु ३०० सम्म मात्रै खर्च गर्छन् ।”

आम्दानीको हिसाबले स्वदेशी पर्यटक फाइदाजनक हुने उहाँले बताउनुभयो । यस वर्ष नयाँ वर्षको अघिल्लो दिन शुक्रबार तथा नयाँ वर्षको दिन शनिबार परेकाले पनि नयाँ वर्ष मनाउन आउनेको संख्या बढी भएको उहाँको भनाइ छ । पछिल्ला वर्षहरुमा नेपालीहरुमा भ्रमण र खर्च गर्ने प्रचलन बढ्दो छ । यतिबेला विद्यालयको परीक्षा सकिएर नयाँ कक्षा सञ्चालन भइनसकेकाले पारिवारिक भ्रमण पनि बढी हुने गर्छ ।

रेवानले नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । सौराहाकै केही होटलले पनि सांस्कृतिक कार्यक्रम राखेका छन् । सौराहा आउने पर्यटक राप्ती किनारको बगरमा बसेर निकुञ्ज नियाल्दै रमाउँछन् । पर्यटकले हात्ती, डुंगा र जिप सफारी पनि गर्छन् । देशको तेस्रो पर्यटकीय गन्तव्य मानिने चितवन राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ एकसिंगे गैँडा, बाघलगायत जंगली जनावर हेर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । (तस्वीर उपलब्ध छ)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विदेशी मुद्राको भाउमा फेरबदल : डलर र युरो बढ्दा पाउन्ड घट्यो

Serbia Navigates Delicate Balance Between Russia and the West

Nepal’s Communication Minister Signs Performance Contract with Prime Minister

Nepal’s Ruling Party Denies Cabinet Disputes or Imminent Reshuffle

Meta Faces Potential $200 Billion Fine in Landmark Social Media Addiction Lawsuit

Meta Trial Highlights Broader Concerns About Technology’s Influence on Society

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu