ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दूधखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड बैंक लगानी


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ४ : ०५   बजे

काठमाडौं — माउन्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीमार्फत मनाङमा निर्माण हुन लागेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।

आयोजना प्रवर्द्धक दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकहरूबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै आयोजनाको निर्माणका लागि आवश्यक ऋण व्यवस्थापन टुंगिएको हो।

सम्झौताअनुसार आयोजनामा एनएमबि बैंकले ६ अर्ब ८१ करोड रुपैयाँ र सानिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्नेछन्। यसअनुसार दुई बैंकको कुल लगानी १० अर्ब १ करोड रुपैयाँ हुनेछ।

मनाङमा निर्माण हुने आयोजनाको कुल अनुमानित लागत १२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ। कुल लागतलाई आयोजनाको क्षमतासँग तुलना गर्दा प्रतिमेगावाट लागत २० करोड रुपैयाँभन्दा कम हुने भएकाले आयोजनालाई तुलनात्मक रूपमा आकर्षक मानिएको छ।

बैंकबाट प्राप्त हुने ऋणबाहेकको बाँकी रकम प्रवर्द्धक कम्पनीले लगानी गर्नेछ।

वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै आयोजनाको निर्माण प्रक्रिया अघि बढाउने तयारी गरिएको छ। कम्पनीले निर्माण सुरु भएको तीन वर्षभित्र विद्युत् उत्पादन थाल्ने लक्ष्य राखेको जनाएको छ।

दूधखोला जलविद्युत् आयोजनाले मनाङमा जलविद्युत् उत्पादन विस्तारसँगै स्थानीय पूर्वाधार र रोजगारीमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

माउन्टेन इनर्जीको अनुभव

आयोजना प्रवर्द्धक माउन्टेन इनर्जी लिमिटेडले यसअघि ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत् आयोजना र ५ मेगावाटको ताँदीखोला जलविद्युत् आयोजना निर्माण गरिसकेको छ। दुवै आयोजना सञ्चालनमा रही नियमित रूपमा विद्युत् उत्पादन गरिरहेका छन्।

यसअघि निर्माण तथा सञ्चालनमा ल्याइसकेका आयोजनाको अनुभवलाई आधार बनाउँदै ६५ मेगावाटको दूधखोला आयोजनालाई पनि समयमै सम्पन्न गर्ने लक्ष्य कम्पनीले अघि सारेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस एकता नै आफ्नो प्राथमिकता हो : डा. शशांक कोइराला

सिंहदरबारको नाम कसरी रह्यो ? परिवर्तनको बहस फेरि सतहमा

सम्बन्धित

बाँदर–बँदेल आतंक नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

नेपालमा २०३५ सम्म फाइभजी विस्तार गर्ने लक्ष्य, यसै वर्ष थ्रीजी बन्द गर्ने तयारी

१० मेगावाटमुनिका जलविद्युत् आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने तयारी

बागलुङमा अदालतबाट दोषी ठहर भएका पाँच फरार प्रतिवादी पक्राउ

एनआईसी एसिया बैंकले असोज मसान्तभित्र राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक गर्न आग्रह

नेपालगन्जका वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu