काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेला आयोजक समिति संयोजक डा. शशांक कोइरालाले पार्टीभित्रको एकता आफ्नो प्राथमिकता रहेको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित युवा भेलालाई सम्बोधन गर्दै कोइरालाले सबै पक्षलाई समेटेर पार्टीलाई अघि बढाउन आफूले चाहेको बताए। उनले पार्टीभित्रको एकता कायम गर्दै कांग्रेसलाई बलियो बनाउनु आफ्नो मुख्य उद्देश्य रहेको उल्लेख गरे।
‘हाम्रो भेला सफल पार्न पनि मलाई तपाईंहरूको सहयोग चाहिन्छ। म एक्लैले केही गर्न सक्दिनँ। हातमा हात मिलायौँ भने धेरै बलियो हुन्छ,’ कोइरालाले भने।
उनले संघर्षपूर्ण जीवनबाट मानिस निखारिँदै आउने उल्लेख गर्दै नेपाली कांग्रेस पनि अहिलेको संघर्षबाट थप बलियो र सुदृढ भएर अघि बढ्ने विश्वास व्यक्त गरे।
पार्टीलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ छ।
सबैको सहयोग आवश्यक
कोइरालाले राष्ट्रिय भेला सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए। आफूले एक्लै केही गर्न नसक्ने भन्दै पार्टीलाई एकताबद्ध बनाउन सबैको सहकार्य र सहभागिता आवश्यक रहेको उनले बताए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्