ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङमा अदालतबाट दोषी ठहर भएका पाँच फरार प्रतिवादी पक्राउ


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ६ : २५   बजे

बागलुङ । अदालतबाट दोषी ठहर भई सजाय तथा जरिवाना भुक्तानी गर्न बाँकी रहेका पाँच जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङ तथा मातहतका प्रहरी युनिटबाट परिचालित टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झुटा विवरण पेस गरी दोहोरो नागरिकता लिएको मुद्दामा गलकोट नगरपालिका–६ चरौदीका २५ वर्षीय पवन गौतम (प्रमोद), ७७ वर्षीय अणदत्त गौतम र ५० वर्षीय भविन्द्र गौतम रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले उनीहरू पक्राउ परेको जानकारी दिए।

त्यस्तै, घरेलु हिंसा मुद्दामा गलकोट नगरपालिका–९ बास्खोलाका ४५ वर्षीय लालबहादुर दर्जी र चेक अनादर मुद्दामा बरेङ गाउँपालिका–२ हुग्दिशिरका भिमबहादुर श्रीसलाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका सबैलाई जरिवाना असुली तथा बाँकी कैद भुक्तानीका लागि बागलुङ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक त्वातीका अनुसार संयुक्त विशेष अप्रेसन सञ्चालन गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो। अदालतको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउँदै न्याय सम्पादनलाई पूर्णता दिने उद्देश्यले अभियान सञ्चालन गरिएको उनले बताए।

फैसला कार्यान्वयनमा प्रहरीको सक्रियता

प्रहरीले अदालतबाट दोषी ठहर भई सजाय तथा जरिवाना भुक्तानी गर्न बाँकी रहेका फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई तीव्र बनाएको जनाएको छ।

अभियानअन्तर्गत विभिन्न स्थानमा खोजतलास गरी पक्राउ गरिएका प्रतिवादीलाई अदालतमा उपस्थित गराई फैसला कार्यान्वयनको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हङकङमा उबरको ‘उबर एलिट’ सेवा सुरु, विलासी सवारी र विशेष चालकको सुविधा

कांग्रेसले सुरु गर्‍यो १५औँ महाधिवेशनको तयारी, ग्यास र मल अभावप्रति चिन्ता

सम्बन्धित

सालको पातबाट दुनाटपरी बनाउँदै कञ्चनपुरका महिला, गाउँमै रोजगारी र आम्दानी

एनसेल लगानीकर्तामाथि धरपकडले लगानीको वातावरणमा प्रश्न उठायो : डिल्लीराम श्रेष्ठ

सिटौलाको असन्तुष्टि : ‘गलत बाटोबाट कांग्रेस कब्जा गर्ने प्रयास भयो’

बाँदर–बँदेल आतंक नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

नेपालमा २०३५ सम्म फाइभजी विस्तार गर्ने लक्ष्य, यसै वर्ष थ्रीजी बन्द गर्ने तयारी

१० मेगावाटमुनिका जलविद्युत् आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu