ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साताको पहिलो दिन नेप्से ९ अंकले घट्यो, ३ अर्ब ६७ करोडको कारोबार


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ४ : १५   बजे

काठमाडौं — साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ दशमलव ०४ अंकले घटेर २ हजार ६४१ दशमलव ०० विन्दुमा बन्द भएको छ।

आज बजारमा अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ। कुल ३५२ कम्पनीको शेयर कारोबार हुँदा ८२ कम्पनीको मूल्य बढेको, १७९ कम्पनीको मूल्य घटेको र बाँकी कम्पनीको शेयर मूल्यमा उल्लेखनीय परिवर्तन नभएको देखिएको छ।

दिनभर १ करोड ९ लाख ६६ हजार कित्ता शेयर किनबेच भएका छन्। कुल कारोबार रकम भने ३ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

सोलु हाइड्रोपावरको सर्वाधिक कारोबार

आज कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४६ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यसपछि रिडी पावरको २९ करोड २७ लाख रुपैयाँ र फर्स्ट माइक्रोफाइनान्सको १२ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ता सर्वाधिक नाफामा

आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन्। कम्पनीको शेयर मूल्य ८ दशमलव ४७ प्रतिशतले बढेको छ।

त्यस्तै, दरमखोला हाइड्रोका लगानीकर्ताले ६ प्रतिशत र फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ४ दशमलव ६१ प्रतिशत नाफा कमाएका छन्। अपर हेवाखोलाका लगानीकर्ताले पनि ४ दशमलव ४७ प्रतिशतले नाफा कमाएका छन्।

रिलायबल समृद्धि योजना–२ का लगानीकर्ता सर्वाधिक घाटामा

बजार घटेसँगै केही कम्पनी तथा सामूहिक लगानी योजनाका लगानीकर्ताले भने उल्लेख्य मूल्य गुमाएका छन्।

आज रिलायबल समृद्धि योजना–२का इकाइधनीले सबैभन्दा धेरै गुमाएका छन्। उक्त योजनाको इकाइ मूल्य ९ दशमलव ७० प्रतिशतले घटेको छ।

समग्रमा साताको पहिलो कारोबार दिन बजारमा बिक्री चाप हाबी हुँदा नेप्से परिसूचकसँगै अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस एकता नै आफ्नो प्राथमिकता हो : डा. शशांक कोइराला

सिंहदरबारको नाम कसरी रह्यो ? परिवर्तनको बहस फेरि सतहमा

सम्बन्धित

बाँदर–बँदेल आतंक नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

नेपालमा २०३५ सम्म फाइभजी विस्तार गर्ने लक्ष्य, यसै वर्ष थ्रीजी बन्द गर्ने तयारी

१० मेगावाटमुनिका जलविद्युत् आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने तयारी

बागलुङमा अदालतबाट दोषी ठहर भएका पाँच फरार प्रतिवादी पक्राउ

एनआईसी एसिया बैंकले असोज मसान्तभित्र राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक गर्न आग्रह

नेपालगन्जका वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu