ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुराना र निष्क्रिय सन्धि–सम्झौता पुनरावलोकन गर्ने सरकारको तयारी : परराष्ट्रमन्त्री खनाल


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ४ : १५   बजे

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले पुराना तथा निष्क्रिय अवस्थामा रहेका सन्धि–सम्झौतालाई सम्बन्धित देश तथा अन्तर्राष्ट्रिय संस्थासँगको समन्वयमा पुनरावलोकन, परिमार्जन र नवीकरण गर्दै जाने बताएका छन्।

नेपाली कांग्रेसका सचेतकसमेत रहेका सांसद निश्कल राईले सोमबार प्रतिनिधिसभाको बैठकमा गरेको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले आवश्यकता र औचित्यका आधारमा सन्धि–सम्झौताको समीक्षा गरिने बताएका हुन्।

मन्त्री खनालका अनुसार नेपालको संविधानको धारा ५३ बमोजिम प्रस्तुत गरिएको प्रतिवेदनमा समेत सन्धि–सम्झौतालाई आवश्यकता र औचित्यका आधारमा पुनरावलोकन, संशोधन तथा नवीकरण गरी कार्यान्वयनमा ल्याउने विषय उल्लेख गरिएको छ।

‘सन्धि सम्झौताहरूलाई आवश्यकता र औचित्यका आधारमा नेपाल सरकारको निर्णयअनुसार पुनरावलोकन, संशोधन र नवीकरण गरी कार्यान्वयनमा ल्याउने भनिएको यथार्थ हो,’ उनले भने।

तर नेपालले एकतर्फी रूपमा कुनै पनि सन्धि–सम्झौता परिवर्तन गर्न नसक्ने स्पष्ट गर्दै उनले सम्बन्धित पक्षको सहमति आवश्यक हुने बताए।

‘सन्धिसम्बन्धी अन्तर्राष्ट्रिय कानुनको सामान्य सिद्धान्तबमोजिम कुनै पनि द्विपक्षीय वा बहुपक्षीय सन्धि सम्झौताको पुनरावलोकन, परिमार्जन वा नवीकरण सम्बन्धित पक्ष राष्ट्र वा सम्बन्धित अन्तर्राष्ट्रिय संघसंस्थाको समेत आपसी सहमति र स्वीकृतिमा निर्भर रहने अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक प्रचलन हो,’ खनालले भने।

सम्बन्धित देशसँग वार्ता गरेर अघि बढ्ने

मन्त्री खनालले नेपाल सरकारले सम्बन्धित मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थासँगको सहकार्य र स्वीकृतिमा आवश्यक सन्धि–सम्झौता पुनरावलोकन तथा परिमार्जन गर्दै जाने बताए।

उनले सन्धि–सम्झौताको प्रक्रियालाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।

परराष्ट्र मन्त्रालयले सन्धि–सम्झौतासम्बन्धी कामलाई व्यवस्थित, प्रभावकारी र समयसापेक्ष बनाउन काम गरिरहेको उनको भनाइ थियो। यसका लागि परराष्ट्र मन्त्रालयले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायत सम्बन्धित विभागीय मन्त्रालयसँग सहकार्य गरिरहेको उनले जानकारी दिए।

नियमित समीक्षा र प्रगति अनुगमन

मन्त्री खनालका अनुसार नेपालमा भएका अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको नियमित समीक्षा गर्ने कार्यसमेत अघि बढाइएको छ।

सम्बन्धित पक्ष राष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग कूटनीतिक माध्यमबाट प्रस्ताव र वार्ता अघि बढाई पारस्परिक सहमति कायम भएका सन्धि–सम्झौतालाई क्रमशः अन्तिम रूप दिने काम भइरहेको उनले बताए।

उपलब्ध जनशक्ति तथा स्रोत–साधनलाई ध्यानमा राखेर वार्षिक कार्ययोजना बनाएर काम अघि बढाइएको र त्यसको नियमित प्रगति अनुगमनसमेत भइरहेको मन्त्री खनालले प्रतिनिधिसभालाई जानकारी दिए।

यसबाट नेपालले विगतमा गरिएका सन्धि–सम्झौतालाई समय, आवश्यकता र राष्ट्रिय हितअनुसार समीक्षा गर्दै सम्बन्धित पक्षको सहमतिमा आवश्यक संशोधन वा नवीकरण गर्ने नीति अघि सारेको देखिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस एकता नै आफ्नो प्राथमिकता हो : डा. शशांक कोइराला

सिंहदरबारको नाम कसरी रह्यो ? परिवर्तनको बहस फेरि सतहमा

सम्बन्धित

बाँदर–बँदेल आतंक नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

नेपालमा २०३५ सम्म फाइभजी विस्तार गर्ने लक्ष्य, यसै वर्ष थ्रीजी बन्द गर्ने तयारी

१० मेगावाटमुनिका जलविद्युत् आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने तयारी

बागलुङमा अदालतबाट दोषी ठहर भएका पाँच फरार प्रतिवादी पक्राउ

एनआईसी एसिया बैंकले असोज मसान्तभित्र राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक गर्न आग्रह

नेपालगन्जका वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu