ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का पक्ष सर्वोच्च जाने तयारीमा


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ४ : २५   बजे

 

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै संस्थापन इतर पक्ष सर्वोच्च अदालत जाने तयारीमा जुटेको छ। पूर्वसभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काका तर्फबाट रिट दायर गर्ने तयारी गरिएको हो।

कांग्रेसको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधता दिएपछि देउवा र खड्काले दायर गरेको रिटमा सर्वोच्च अदालतको संयुक्त इजलासले आयोगकै पक्षमा फैसला गरेको थियो। उक्त फैसलाविरुद्ध उनीहरूले सर्वोच्चमा पुनरवलोकन निवेदन दिएका थिए।

पुनरवलोकन निवेदनमाथि सुनुवाइका लागि सर्वोच्चको पूर्ण इजलासले अनुमति दिइसकेको अवस्थामा महाधिवेशन प्रक्रिया अघि बढाउन नमिल्ने जिकिरसहित देउवा–खड्का पक्ष फेरि सर्वोच्च जान लागेको हो।

महाधिवेशन रोक्न रिट दायर गर्ने विषयमा आइतबार खड्का निवास हात्तीगौंडामा नेताहरू तथा निकट कानुन व्यवसायीसँग छलफल भएको थियो। छलफलपछि रिटको मस्यौदा तयार गर्ने जिम्मेवारी एक वरिष्ठ अधिवक्तालाई दिइएको बताइएको छ।

देउवा निकट एक कानुन व्यवसायीका अनुसार रिट दायर गर्ने तयारी भइरहेको छ। समयले साथ दिए मंगलबार नभए बुधबार सर्वोच्चमा रिट दर्ता गर्ने तयारी रहेको उनको भनाइ छ।

देउवा–खड्का पक्षले पुनरवलोकनको टुंगो नलागेसम्म महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउँदा विचाराधीन मुद्दा प्रभावित हुन सक्ने दाबी गरेको छ। तत्काल महाधिवेशन प्रक्रिया रोक्न अन्तरिम आदेश र अन्तिममा निर्वाचन आयोगको निर्णय उल्ट्याउन परमादेश माग गर्ने तयारी रहेको बताइएको छ।

यसअघि सर्वोच्चको पूर्ण इजलासले साउन २१ गते पुनरवलोकनका लागि निस्सा प्रदान गरेको थियो। त्यसअघि वैशाख ४ गते संयुक्त इजलासले कांग्रेसको विशेष महाधिवेशन तथा गगनकुमार थापाको नेतृत्वलाई वैधता दिएको थियो।

यता कांग्रेस संस्थापन पक्षले भने निर्धारित कार्यतालिकाअनुसार १५औँ महाधिवेशन गर्ने तयारी अघि बढाइसकेको छ। कांग्रेसको आगामी महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका तय भएको छ। वडा तहको अधिवेशन भदौ २ गतेदेखि सुरु हुने जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस एकता नै आफ्नो प्राथमिकता हो : डा. शशांक कोइराला

सिंहदरबारको नाम कसरी रह्यो ? परिवर्तनको बहस फेरि सतहमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बाँदर–बँदेल आतंक नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

कांग्रेस एकता नै आफ्नो प्राथमिकता हो : डा. शशांक कोइराला

नेपालमा २०३५ सम्म फाइभजी विस्तार गर्ने लक्ष्य, यसै वर्ष थ्रीजी बन्द गर्ने तयारी

सिंहदरबारको नाम कसरी रह्यो ? परिवर्तनको बहस फेरि सतहमा

गगनलाई गाली गरेर महत्त्व नदिनुस्, मौन बस्नु नै ठूलो अपमान हो : शशांक कोइराला

१० मेगावाटमुनिका जलविद्युत् आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu