ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेशनल लाइफको चारदिने ब्रान्च म्यानेजर्स कन्फ्रेन्स सम्पन्न


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ४ : ३५   बजे

 

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चारदिने ‘ब्रान्च म्यानेजर्स कन्फ्रेन्स’ गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न भएको छ।

‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजित सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती तथा कर्मचारीको क्षमता अभिवृद्धिका विषयमा छलफल तथा प्रशिक्षण गरिएको थियो।

कार्यक्रमको उद्घाटन कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले गरेकी थिइन्। उनले जीवन बीमा व्यवसाय थप प्रतिस्पर्धात्मक बन्दै गएकाले कर्मचारीले समयअनुकूल आफ्नो क्षमता विकास गर्दै व्यवसाय प्रवर्द्धनमा केन्द्रित हुनुपर्ने बताइन्।

अध्यक्ष सिंहले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगलाई प्राथमिकता दिँदै कर्मचारीलाई आवश्यक प्रशिक्षण प्रदान गरी कम्पनीको डिजिटल मार्केटिङलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्। कम्पनीले कर्मचारीको वृत्ति विकासका लागि मानव संसाधनमा निरन्तर लगानी गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने उनले बताइन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नयाँ आर्थिक वर्षसँगै नयाँ सोच, प्रतिबद्धता र अवसरका साथ व्यवसायलाई थप उचाइमा पुर्‍याउने लक्ष्यसहित अघि बढ्नुपर्ने बताए।

सम्मेलनमा कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारी गरी २०० भन्दा बढीको सहभागिता रहेको थियो।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण दिएका थिए। जीवन बीमाको माध्यमबाट समेत सम्पत्ति शुद्धीकरण हुन सक्ने जोखिम रहेकाले सबै तहका कर्मचारी सचेत र जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए।

त्यस्तै, प्रशिक्षक विश्वराज पौडेलले एआईका विभिन्न उपकरण तथा त्यसको प्रयोगबाट बीमा व्यवसायको डिजिटल मार्केटिङ प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिए। श्रीलंकाबाट आएका अन्तर्राष्ट्रिय प्रशिक्षक सुरन डी सिल्भाले बजार विस्तार, व्यवसाय वृद्धि तथा प्रतिस्पर्धात्मक बजारमा सफल हुने उपायबारे व्यावहारिक प्रशिक्षण प्रदान गरे।

सम्मेलनका क्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्य गर्ने विभिन्न शाखा कार्यालय तथा उत्कृष्ट अभिकर्ता उत्पादन र बीमालेख संख्याका आधारमा उत्कृष्ट शाखाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। चेयरपर्सन क्लब र सीईओ क्लब योजनामा उत्कृष्ट प्रदर्शन गर्ने शाखाहरूलाई समेत पुरस्कृत गरिएको कम्पनीले जनाएको छ।

कर्मचारीबीच आपसी सम्बन्ध तथा समन्वय सुदृढ गर्ने उद्देश्यले ब्याडमिन्टन, टेबल टेनिस, म्युजिकल चेयरलगायत मनोरञ्जनात्मक तथा खेलकुद गतिविधि पनि सञ्चालन गरिएको थियो।

कम्पनीका अनुसार चारदिने सम्मेलनले आगामी व्यावसायिक रणनीति तय गर्नुका साथै कर्मचारीको क्षमता अभिवृद्धि, शाखा तथा केन्द्रीय कार्यालयबीच समन्वय र संस्थागत प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस एकता नै आफ्नो प्राथमिकता हो : डा. शशांक कोइराला

सिंहदरबारको नाम कसरी रह्यो ? परिवर्तनको बहस फेरि सतहमा

सम्बन्धित

बाँदर–बँदेल आतंक नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

नेपालमा २०३५ सम्म फाइभजी विस्तार गर्ने लक्ष्य, यसै वर्ष थ्रीजी बन्द गर्ने तयारी

१० मेगावाटमुनिका जलविद्युत् आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने तयारी

बागलुङमा अदालतबाट दोषी ठहर भएका पाँच फरार प्रतिवादी पक्राउ

एनआईसी एसिया बैंकले असोज मसान्तभित्र राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक गर्न आग्रह

नेपालगन्जका वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu