ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माण आगामी आर्थिक वर्षदेखि सुरु हुने


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ४ : ४५   बजे

काठमाडौं । परराष्ट्र मन्त्रालयले आगामी आर्थिक वर्षदेखि आफ्नै भवन निर्माणको काम सुरु गर्ने भएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका मौखिक प्रश्नको जवाफ दिँदै मन्त्रालयको भवन निर्माण प्रक्रिया अघि बढिसकेको जानकारी दिएका हुन्।

मन्त्री खनालका अनुसार मन्त्रालयको नयाँ भवन गृह मन्त्रालय रहेको जग्गामा निर्माण गर्ने तयारी भइरहेको छ। भवन निर्माणका लागि आवश्यक प्रारम्भिक प्रक्रिया पूरा हुँदै गएको उनले बताए।

भवनको आर्किटेक्चरल ड्रइङ, डिजाइन तथा इन्जिनियरिङसम्बन्धी कामका लागि परामर्शदाता छनोट भइसकेको र प्रारम्भिक डिजाइनसमेत तयार भएको मन्त्री खनालले जानकारी दिए।

“भवनको आर्किटेक्चरल ड्रइङ र डिजाइनबारे मन्त्रालयमा छलफल भई स्वीकृतिको चरणमा रहेको छ,” उनले भने।

सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि परराष्ट्र मन्त्रालयको भवन निर्माण गर्न ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षमा निर्माणका लागि बोलपत्र आह्वान गरी भौतिक निर्माणको काम सुरु गरिने मन्त्री खनालले बताए।

स्थानान्तरण भए पनि अभिलेख संरक्षणमा ध्यान

प्रतिनिधिसभामा सांसदहरूले मन्त्रालय विभिन्न समयमा स्थानान्तरण हुँदै आएको र यस क्रममा महत्वपूर्ण ऐतिहासिक तथा कूटनीतिक दस्ताबेजको संरक्षणबारे प्रश्न उठाएका थिए।

जवाफमा मन्त्री खनालले प्रशासनिक आवश्यकता, भवनको उपलब्धता तथा संरचनागत व्यवस्थापनका कारण मन्त्रालय विभिन्न समयमा स्थानान्तरण हुँदै आए पनि ऐतिहासिक दस्ताबेज, कागजात, तथ्य तथा प्रमाणको संरक्षणलाई सरकारले गम्भीरतापूर्वक लिएको स्पष्ट पारे।

नेपाल सरकार पक्ष रहेका सन्धि तथा सम्झौताको संरक्षण र व्यवस्थापनका लागि कानुनी व्यवस्था रहेको उनले बताए। नेपाल सन्धि ऐन, २०४७ अनुसार परराष्ट्र मन्त्रालयले नेपाल सरकारका तर्फबाट सन्धि, वार्ता, कूटनीतिक सम्पर्क तथा अन्तर्राष्ट्रिय तहमा सन्धिसम्बन्धी कार्य गर्दै आएको उनको भनाइ छ।

अभिलेख डिजिटलाइजेसनमा जोड

मन्त्री खनालले नेपाल सरकार (कार्यविभाजन) नियमावलीअनुसार सन्धि, सम्झौता तथा तिनका अभिलेखसम्बन्धी कार्य कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्रमा पर्ने बताए।

त्यस्तै, राष्ट्रिय महत्त्वका ऐतिहासिक दस्ताबेजको दीर्घकालीन संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय अभिलेखालयलाई दिइएको उनले जानकारी दिए।

परराष्ट्र मन्त्रालयले ऐतिहासिक तथा कूटनीतिक महत्त्वका दस्ताबेजको खोज, प्रमाणीकरण, डिजिटलीकरण र सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको मन्त्री खनालले बताए।

यसका लागि मन्त्रालयमा छुट्टै अभिलेख व्यवस्थापन शाखा गठन गरी काम अघि बढाइएको उनले जानकारी दिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राप्रपाले मुख्यमन्त्री थापामगरलाई विश्वासको मत दिन ‘ह्वीप’ जारी गर्‍यो

परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाल बेलग्रेडमा हुने असंलग्न आन्दोलनको स्मरणसभामा सहभागी हुने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राप्रपाले मुख्यमन्त्री थापामगरलाई विश्वासको मत दिन ‘ह्वीप’ जारी गर्‍यो

परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाल बेलग्रेडमा हुने असंलग्न आन्दोलनको स्मरणसभामा सहभागी हुने

Gauff and Fils Claim Cincinnati Tennis Titles Ahead of US Open

Mohamed Salah Scores Twice in First Trabzonspor Start, Despite Two Disallowed Goals

Dave Marsh, Pioneering Rock Critic, Shaped Generations of Music Journalism

Pakistan Army Chief Munir Visits Iran Amidst Stalled US-Iran Negotiations

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu