ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पशुपतिनाथ क्षेत्रमा चार सोमबार सञ्चालन भएको ‘सफा गरौँ’ अभियान सम्पन्न


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ५ : १५   बजे

 

काठमाडौं । साउन महिनाका चार सोमबारदेखि पशुपतिनाथ क्षेत्रमा सञ्चालन हुँदै आएको ‘सफा गरौँ’ अभियान सम्पन्न भएको छ। अन्तिम सोमबार पशुपतिनाथ क्षेत्रमा फोहोर व्यवस्थापन तथा सरसफाइ गर्दै अभियानको समापन गरिएको हो।

द कोका–कोला फाउन्डेसनको सहयोग तथा क्रिएसन नेपालको आयोजनामा सञ्चालित अभियानको उद्देश्य पशुपतिनाथ क्षेत्रको सरसफाइसँगै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र स्वच्छताबारे जनचेतना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।

समापन कार्यक्रममा द कोका–कोला फाउन्डेसनका आदित्यले क्रिएसन नेपालसँगको सहकार्यमा प्रभावकारी काम भइरहेको बताउँदै आगामी दिनमा अभियानलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्कीले विभिन्न चुनौतीका बाबजुद अभियानलाई सफल बनाउन सहयोग गर्ने सबै सहभागीलाई धन्यवाद दिइन्। उनले ‘सफा गरौँ’लाई एकपटकको कार्यक्रम नभई निरन्तर नागरिक अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिइन्।

क्रिएसन नेपालकी सचिव रोशना सुवेदीले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र सरसफाइ सबै नागरिकको साझा दायित्व भएको बताइन्। आस्थाका केन्द्र तथा सांस्कृतिक धरोहरलाई स्वच्छ र सांस्कृतिक गरिमा कायम हुने अवस्थामा राख्नु हरेक नागरिकको जिम्मेवारी भएको उनको भनाइ छ।

कार्यक्रम निर्देशक सुजाता कोइरालाका अनुसार अभियानअन्तर्गत चार सोमबारसम्म ५ सयभन्दा बढी स्वयंसेवक परिचालन गरिएको थियो। विभिन्न कलेजका सयौँ विद्यार्थी तथा प्रत्येक सोमबार दुई दर्जनभन्दा बढी सफाइकर्मीसमेत अभियानमा सहभागी भएका थिए।

अभियानको समापन अवसरमा चारै सोमबार निरन्तर सहभागी भएका विभिन्न कलेजका विद्यार्थी, स्वयंसेवक तथा सफाइकर्मीलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो।

आयोजकका अनुसार धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्व बोकेका ऐतिहासिक तथा विश्व सम्पदा क्षेत्रमा सरसफाइलाई प्राथमिकता दिँदै ‘सफा गरौँ’ अभियानलाई आगामी दिनमा देशव्यापी रूपमा विस्तार गरिनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हङकङमा उबरको ‘उबर एलिट’ सेवा सुरु, विलासी सवारी र विशेष चालकको सुविधा

कांग्रेसले सुरु गर्‍यो १५औँ महाधिवेशनको तयारी, ग्यास र मल अभावप्रति चिन्ता

सम्बन्धित

सालको पातबाट दुनाटपरी बनाउँदै कञ्चनपुरका महिला, गाउँमै रोजगारी र आम्दानी

एनसेल लगानीकर्तामाथि धरपकडले लगानीको वातावरणमा प्रश्न उठायो : डिल्लीराम श्रेष्ठ

सिटौलाको असन्तुष्टि : ‘गलत बाटोबाट कांग्रेस कब्जा गर्ने प्रयास भयो’

बाँदर–बँदेल आतंक नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

नेपालमा २०३५ सम्म फाइभजी विस्तार गर्ने लक्ष्य, यसै वर्ष थ्रीजी बन्द गर्ने तयारी

१० मेगावाटमुनिका जलविद्युत् आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu