ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साओमीले नेपालमा सार्वजनिक गर्‍यो रेड्मी वाच–६ सिरिज, मूल्य १० हजार ९९९ रुपैयाँदेखि


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ११ : ०५   बजे

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी साओमीले रेड्मी वाच–६ सिरिज नेपालमा सार्वजनिक गरेको छ। कम्पनीले स्वास्थ्य निगरानीका आधुनिक सुविधा, आकर्षक डिजाइन र लामो समयसम्म चल्ने ब्याट्रीसहित तीन मोडल नेपाली बजारमा ल्याएको हो।

रेड्मी वाच–६ सिरिजअन्तर्गत रेड्मी वाच–६, रेड्मी वाच–६ लाइट र रेड्मी वाच–६ एक्टिभ रहेका छन्।

सिरिजको प्रमुख मोडल रेड्मी वाच–६ मा २.०७ इन्चको एमोलेड डिस्प्ले छ। यसको अधिकतम चमक २ हजार निट्ससम्म पुग्छ। आल्मुनियम एलोय फ्रेमसहितको यो स्मार्टवाचमा सामान्य प्रयोगमा २४ दिनसम्म चल्ने ब्याट्री रहेको कम्पनीले जनाएको छ।

यसमा डुअल एल१५ सिस्टम जीएनएसएस, विभिन्न स्वास्थ्य निगरानी सुविधा तथा दुई बटनमार्फत सञ्चालन गर्न सकिने सुविधा छन्। स्मार्टवाचमा पाँच एटीएम पानीप्रतिरोधी क्षमता पनि रहेको कम्पनीले जनाएको छ।

रेड्मी वाच–६ लाइट

रेड्मी वाच–६ लाइटमा १.९६ इन्चको एमोलेड डिस्प्ले र १ हजार ५०० निट्ससम्मको अधिकतम चमक छ। पाँच एटीएम पानीप्रतिरोधी क्षमतासहितको यसमा ब्लुटुथ कलिङ, १५० भन्दा बढी खेलकुद मोड, विभिन्न स्याटेलाइट प्रणालीमा आधारित स्थान पहिचान र व्यावसायिक पौडी मोडलगायत सुविधा छन्।

४७० एमएएच क्षमताको ब्याट्रीले सामान्य प्रयोगमा १८ दिनसम्म साथ दिने कम्पनीले जनाएको छ। यसमा मुटुको धड्कन, प्रकाश र गति मापन गर्ने सेन्सरलगायत सुविधा छन्।

रेड्मी वाच–६ एक्टिभ

रेड्मी वाच–६ एक्टिभमा १.८५ इन्चको एमोलेड डिस्प्ले र १ हजार २०० निट्ससम्मको अधिकतम चमक छ। यसमा आईपी६८ धुलो तथा पानीप्रतिरोधी क्षमता रहेको छ।

९.९ मिलिमिटरको पातलो र हलुका फ्ल्याट–एज डिजाइन तथा सजिलै फेर्न मिल्ने स्ट्र्यापका कारण यो दैनिक प्रयोगका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ।

यसमा ब्लुटुथ कलिङका साथै दिनभर मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा र तनावको निगरानी गर्ने सुविधा छन्। सामान्य प्रयोगमा ब्याट्री १८ दिनसम्म चल्ने कम्पनीले जनाएको छ।

मूल्य र रङ

रेड्मी वाच–६ ग्लेसियर ब्लु, अब्सिडियन ब्ल्याक र सिल्भर ग्रे रङमा उपलब्ध छ। यसको मूल्य २० हजार ४९९ रुपैयाँ तोकिएको छ।

रेड्मी वाच–६ लाइट ब्ल्याक र स्टिल ग्रे रङमा उपलब्ध छ। यसको मूल्य १४ हजार ९९९ रुपैयाँ रहेको छ।

त्यस्तै, रेड्मी वाच–६ एक्टिभ मिडनाइट ब्ल्याक, म्याट सिल्भर र सनसेट ओरेन्ज रङमा उपलब्ध छ। यसको मूल्य १० हजार ९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शशांक कोइरालाको किर्ते हस्ताक्षरसहित भेला स्थगितको सूचना सार्वजनिक भएपछि कांग्रेस संस्थापनइतरको आपत्ति

अमेरिकी अदालतद्वारा गौतम अदानीविरुद्धको घुसखोरी मुद्दा खारेज

सम्बन्धित

नाइमा मोबिलिटी एक्स्पोमा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक

महिला लघुवित्त र फर्स्ट माइक्रोफाइनान्स गाभिँदै

मेटलाइफ नेपालले पोखरामा गण्डकी प्रदेश कार्यालय स्थापना गर्‍यो

गर्मीमा ताजा र झोलिलो खाना खान चिकित्सकको सुझाव

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छाको बयान जारी

नाइमा मोबिलिटी एक्स्पो–२०२६ औपचारिक रूपमा सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu