ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गर्मीमा ताजा र झोलिलो खाना खान चिकित्सकको सुझाव


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   १२ : २५   बजे

काठमाडौँ, साउन २६ गते । अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्रा घट्नुका साथै झाडापखाला, फुड पोइजनिङ, हैजा लगायत पेटसम्बन्धी रोगको जोखिम बढ्ने भएकाले ताजा, स्वच्छ, झोलिलो र पोषिलो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन्।

जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले गर्मी मौसममा पर्याप्त पानी तथा झोलिलो पदार्थ सेवन गर्नुका साथै ताजा र स्वच्छ खानेकुरा खानुपर्ने बताइन्।

गर्मीका कारण अत्यधिक पसिना बग्दा शरीरमा पानीको मात्रा कम हुन सक्ने भन्दै उनले समयमै पानीको पूर्ति नगरे बेहोस हुनेदेखि लु लाग्नेसम्मको जोखिम हुने बताइन्। विशेषगरी तराईका जिल्लामा दिउँसोको समयमा अनावश्यक रूपमा घाममा ननिस्कन र प्रशस्त तरल पदार्थ सेवन गर्न उनले आग्रह गरिन्।

बासी र खुला खानेकुराबाट सावधानी

डा. उप्रेतीका अनुसार गर्मीमा लामो समयसम्म राखिएको, बासी तथा झिँगा भन्किएको खानेकुरा खानु हुँदैन। यस्ता खानेकुरामा जीवाणु बढ्ने सम्भावना बढी हुने भएकाले फुड पोइजनिङ, झाडापखाला र हैजाजस्ता रोग लाग्न सक्ने उनको भनाइ छ।

विशेषगरी खुला स्थानमा बिक्री हुने चाट, पानीपुरी तथा अन्य खानेकुरा सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले सावधानी अपनाउन उनले सुझाव दिइन्।

भोजभतेरमा धेरै समयअघि पकाइएका खानेकुरा लामो समयसम्म राखेर खाँदा पनि स्वास्थ्य जोखिम बढ्ने भएकाले सकेसम्म ताजा पकाएको खाना मात्र खानुपर्ने उनले बताइन्।

पानीको मात्रा पूर्ति गर्न यी खानेकुरा उपयोगी

गर्मीमा शरीरमा पानीको सन्तुलन कायम राख्न मौसमी फलफूल, काक्रो, दही, मही, नरिवल पानी, सत्तु, ओट्स, लस्सी, पुदिनायुक्त पानी तथा कागती मिसाएको पानी उपयोगी हुने डा. उप्रेतीले बताइन्।

ताजा फलफूलको रस बनाएर त्यसमा थोरै नुन मिसाई बालबालिकालाई दिन सकिने उनको सुझाव छ। झोलिलो र फाइबरयुक्त खानेकुराले शरीरमा पानीको मात्रा कायम राख्नुका साथै पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्ने उनले बताइन्।

झाडापखाला भएमा नुन–चिनी पानी, चामलको माडलगायत झोलिलो पदार्थ सेवन गराउनुपर्ने उनले सुझाव दिइन्।

अत्यधिक गुलिया पेय पदार्थबाट बच्न सुझाव

डा. उप्रेतीले बजारमा पाइने कोक, फेन्टा तथा अन्य अत्यधिक गुलिया बट्टाबन्द पेय पदार्थको सेवन नगर्न पनि आग्रह गरिन्। यस्ता पेय पदार्थमा चिनीको मात्रा धेरै हुने भएकाले दीर्घकालीन रूपमा स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने उनको भनाइ छ।

स्थानीय तथा मौसमी फलफूलको नियमित सेवनबाट शरीरलाई आवश्यक भिटामिन र पोषक तत्व प्राप्त हुने, रोग प्रतिरोधात्मक क्षमता बढ्ने तथा शारीरिक र मानसिक स्वास्थ्य राम्रो राख्न सहयोग पुग्ने उनले बताइन्।

गर्मी मौसममा स्वस्थ रहन खानपानमा विशेष सावधानी अपनाउनु नै प्रभावकारी उपाय भएको डा. उप्रेतीको सुझाव छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मन्त्रिपरिषद् बैठक आज बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति एजेन्डामा

सम्बन्धित

६७९ किमीसम्म रेन्ज दिने महिन्द्राको एक्सइभी नाइन एस नेपालमा, मूल्य ६० लाख

एलेक्सिस सान्चेजलाई मोन्टेरियालले भित्र्याउने

रेडडट र इफ डिजाइन अवार्ड विजेता चेरी क्यू ईभी नेपालमा, मूल्य ३१ लाखबाट

आइकारले भी२७ नाइमा सार्वजनिक गर्‍यो, मूल्य ५१ लाख रूपैयाँ

भोलि सूर्यग्रहण लाग्दै, नेपालबाट भने नदेखिने

ईभीमा लगानी सुरक्षाका लागि १० वर्षसम्म नीति परिवर्तन नगर्न यातायात व्यवसायीको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu