पायोनियर मोटो कर्पले रेडडट डिजाइन अवार्ड २०२५ तथा इफ डिजाइन अवार्ड २०२६ प्राप्त चेरी क्यू विद्युतीय कार नेपालमा सार्वजनिक गरेको छ। नाइमा नेपाल मोबिलिटी एक्स्पोका अवसरमा सार्वजनिक गरिएको यो ईभीको नाइमा अफरअन्तर्गत मूल्य ३० लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ। ४१.२ किलोवाट आवर ब्याट्री र ९० किलोवाट मोटरसहितको चेरी क्यूले एनईडीसी मापदण्डअनुसार करिब ४०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ। रियर ह्वील ड्राइभ प्लेटफर्ममा आधारित यो अर्बन क्रसओभर आधुनिक डिजाइन, ऊर्जा दक्षता र विद्युतीय प्रविधिको संयोजनका रूपमा बजारमा ल्याइएको कम्पनीले जनाएको छ। यसको नियमित मूल्य कम्फर्ट भेरियन्टको ३४ लाख ४९ हजार र प्रिमियम भेरियन्टको ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने नाइमा अफरमा क्रमशः ३० लाख ९९ हजार र ३२ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्