वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा सर्पदंशपछि उपचारमा प्रयोग गरिने एन्टिस्नेक भेनम (एएसभी) इन्जेक्सन अभाव भएको छ।
अस्पताल प्रशासनले सूचना जारी गर्दै सर्पदंशका बिरामीलाई लगाइने एएसभी इन्जेक्सन तालुक कार्यालयबाट प्राप्त नभएकाले अस्पतालमा हाल मौज्दात नरहेको जनाएको छ।
एएसभी इन्जेक्सन उपलब्ध नभएका कारण सर्पदंशका बिरामीको उपचारमा असुविधा हुन सक्ने अस्पताल प्रशासनले जनाएको छ। अस्पतालले औषधि अभावका कारण बिरामी तथा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ।
सर्पदंशको जोखिम बढी हुने मौसममा उपचारका लागि आवश्यक अत्यावश्यक औषधि नै अभाव भएपछि अस्पतालको सेवा प्रभावित हुने अवस्था देखिएको छ। एएसभीको आपूर्ति तत्काल सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्