काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्स्पोलाई लक्षित गर्दै व्यक्तिगत सवारीसाधन खरिदका लागि विशेष कर्जा योजना सार्वजनिक गरेको छ।
बैंकका अनुसार एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी कर्जा प्राप्त गर्न सक्नेछन्। हालको आधारदरअनुसार यस्तो कर्जाको न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुने बैंकले जनाएको छ। आधारदरमा हुने परिवर्तनअनुसार कर्जाको ब्याजदर पनि समायोजन हुनेछ।
त्यस्तै, नयाँ विद्युतीय सवारीसाधन खरिद गर्ने ग्राहकका लागि बैंकले तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउने योजना ल्याएको छ। तीन वर्षपछि भने उक्त कर्जाको ब्याजदर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी निर्धारण गरिनेछ।
ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्स्पोमा आफ्नै स्टल राखेर इच्छुक ग्राहकलाई कर्जा आवेदन तथा प्रक्रियाका लागि सहजीकरण गरिरहेको जनाएको छ। आवश्यक कागजात पूरा भएपछि गाडी खरिदका लागि अधिकतम तीन दिनभित्र स्वीकृतिपत्र उपलब्ध गराउने बैंकको भनाइ छ।
ग्लोबल आइएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दै आएको जनाएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरेको उल्लेख गरेको छ।
यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५ तथा बेस्ट बैंक ईएसजी नेपाल २०२४ र बेस्ट इम्प्लोयरलगायतका सम्मान प्राप्त गरेको जनाएको छ।
ग्लोबल आइएमई बैंकका अनुसार बैंकको सेवा सञ्जाल देशका ७७ वटै जिल्लामा विस्तार भएको छ। हाल बैंकले ३४१ शाखा, ३६६ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ।
बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायत मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको पनि जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्