ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँबेँसी थकाली भान्साघरमा जुवा खेलिरहेका १६ जना पक्राउ, १३ लाखभन्दा बढी बरामद


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ३ : ४५   बजे

काठमाडौं । काठमाडौं महानगरपालिका–२७ स्थित गाउँबेँसी थकाली भान्साघरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सोमबार साउन २५ गते प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा काभ्रेका ४२ वर्षीय रेशमबहादुर घ्यावासहित अन्य व्यक्ति रहेका छन्। प्रहरीले उनीहरूको साथबाट १६ थान कौडा र १३ लाख १७ हजार १२५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालयमा पठाइएको छ।

प्रहरीले काठमाडौं उपत्यकामा जुवातास तथा गैरकानुनी सट्टेबाजीजन्य गतिविधि नियन्त्रणका लागि निगरानी तथा कारबाहीलाई निरन्तरता दिँदै आएको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधि सभामा सांसदद्वारा सुशासनदेखि सडक, ग्यास अभाव र युवाका मुद्दासम्म सरकारको ध्यानाकर्षण

कांग्रेस महाधिवेशन रोक्न शशांक कोइरालाको माग, गगन थापालाई पत्र

सम्बन्धित

कयर खोला किनारमा ६८ वर्षीय पुरुष मृत फेला

शेयर बजारमा सामान्य वृद्धि, नेप्से ०.७९ अंकले बढ्यो

ग्लोबल आईएमई बैंकको गाडी कर्जामा विशेष छुट, ब्याजदर ५.२५ प्रतिशतबाट

प्राकृतिक विपत्तिबाट विश्वव्यापी बीमित क्षति ४२ अर्ब डलर

६ लाख रुपैयाँ घुस लिएको आरोपमा इन्जिनियर र लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

खर्च नियन्त्रणपछि डिडिसी नाफामा, किसानको बक्यौता पनि घटाउँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu