ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधि सभामा सांसदद्वारा सुशासनदेखि सडक, ग्यास अभाव र युवाका मुद्दासम्म सरकारको ध्यानाकर्षण


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ४ : ३५   बजे

 

काठमाडौं । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकको शून्य समयमा सांसदहरूले सुशासन, विकास निर्माणमा ढिलासुस्ती, आपूर्ति व्यवस्था, सुरक्षा, न्याय तथा समसामयिक राजनीतिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

सांसद डा. अच्युतम लामिछानेले नुवाकोट–धादिङ जोड्ने सडक निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीयले सास्ती भोग्नुपरेको भन्दै तत्काल निर्माण अघि बढाउन माग गरे। सांसद अरबिन्द शाहले बाराका हुलाकी सडकसहित महत्वपूर्ण आयोजनाको भौतिक प्रगति न्यून रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद एलिजा गुरुङले बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरण र निर्माणमा भएको ढिलाइबारे प्रश्न उठाइन्। बजारमा देखिएको एलपी ग्यास अभावप्रति सांसद अप्शना बानु र आशिका तामाङले सरकारको ध्यानाकर्षण गराउँदै कृत्रिम अभाव र कालोबजारी नियन्त्रणका लागि प्रभावकारी बजार अनुगमन गर्न माग गरे।

सांसद अर्जुननसिंह केसीले सरकारको १०० दिनको कार्यसम्पादनबारे टिप्पणी गर्दै युवा बेरोजगारी, महँगी र किसानका समस्या समाधानमा गम्भीर हुन आग्रह गरे। अन्तर्राष्ट्रिय युवा दिवसको पूर्वसन्ध्यामा सांसद अनुष्का श्रेष्ठले राज्यका विभिन्न तहमा युवाको बढ्दो सहभागिता सकारात्मक भएको भन्दै उनीहरूको सीप र क्षमतालाई निर्णय प्रक्रियासँग जोड्नुपर्ने बताइन्।

सुरक्षा र न्यायका विषयमा प्रश्न

सांसद अभिषेकप्रताप शाहले कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको शङ्कास्पद निधनको निष्पक्ष छानबिन गर्न माग गरे। सांसद करिश्मा कठायतले टीकापुर घटनासम्बन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी निर्दोष थारु समुदायलाई न्याय दिन आग्रह गरिन्।

सांसद अङ्किता ठाकुरले मधेसी समुदाय तथा भारतीय नागरिकमाथि सुरक्षाकर्मीबाट भएका दुर्व्यवहारका घटनाप्रति आपत्ति जनाइन्। सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन सांसद आकृति अवस्थीले प्रविधिको प्रयोग र जीपीएस प्रणाली अनिवार्य गर्न सुझाव दिइन्।

राष्ट्रिय परिचयपत्रदेखि स्वास्थ्य बीमासम्म

सांसद आर्यन राईले राष्ट्रिय परिचयपत्र वितरणमा देखिएका प्राविधिक समस्या समाधान गर्न माग गरे। सांसद ओजस्वी शेरचनले निःसन्तान दम्पतीका लागि आईभीएफ सेवा व्यवस्थित गर्न स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताइन्।

सांसद आशिष गजुरेलले निजी क्षेत्रको आत्मविश्वास बढाउन नीतिगत स्थिरता र लगानी सुरक्षामा जोड दिए। सांसद इन्दिरा राना मगरले स्वास्थ्य बीमाअन्तर्गत औषधिको सहज उपलब्धता तथा रेलमार्गका लागि रोक्का गरिएको जग्गाको मुआब्जाको विषय उठाइन्।

सांसद अमृता बिक र कामिनी कुमारीले संसदको बहस नीति तथा विकासका विषयमा केन्द्रित हुनुपर्ने भन्दै व्यक्तिगत पहिरन तथा सतही विषयमा टीकाटिप्पणी नगर्न आग्रह गरे।

त्यस्तै, सांसद कमल सुवेदीले तीनै तहका सरकारबीच समन्वयको अभावमा नागरिकले सास्ती पाएको भन्दै जिम्मेवारी स्पष्ट पार्न माग गरे। सांसद यशोदाकुमारी बरालले कर्णालीका सडकमा दुर्घटना न्यूनीकरणका लागि आवश्यक स्थानमा ब्यारियर राख्न तथा प्रधानमन्त्रीका कतिपय अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन माग गरिन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी प्रभावितका लागि जापानको राहत सामग्री हस्तान्तरण

प्रतिनिधिसभाको बैठक आज, तीन महत्वपूर्ण प्रस्ताव र सम्झौता पेस हुँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धारको कठिन यात्रा : पाँच दिनमा २० हजार घनमिटर लेदो र भग्नावशेष हटाइयो

भोटेकोसी बाढी प्रभावितका लागि जापानको राहत सामग्री हस्तान्तरण

प्रतिनिधिसभाको बैठक आज, तीन महत्वपूर्ण प्रस्ताव र सम्झौता पेस हुँदै

पूर्वसदस्य–सचिव संज्यालको पारिश्रमिक विवादमा कर्णाली सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

बाढी–पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित, कतै पूर्ण त कतै एकतर्फी अवरोध

नेपालले भोगेको क्षति कोषको क्षमताभन्दा धेरै, जलवायु न्यायका आधारमा थप अन्तर्राष्ट्रिय सहायता खोज्नुपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu