ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी–पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित, कतै पूर्ण त कतै एकतर्फी अवरोध


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ७ : ५५   बजे

काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गको आवागमन प्रभावित भएको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक र मुगुका विभिन्न सडकखण्डमा पूर्ण तथा आंशिक अवरोध रहेको छ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ चिसापानी क्षेत्रमा पहिरो खसेपछि काठमाडौँ–धादिङ सडकखण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

काभ्रेमा बीपी राजमार्गअन्तर्गत खुकोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्ड बाढी तथा पहिरोको जोखिममा रहेकाले रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहान सडकको अवस्था हेरेर मात्र सवारी सञ्चालन गराउने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा बाढीका कारण त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ।

नुवाकोटको शिवपुरी गाउँपालिकास्थित टेखेलटोल तथा बेलकोटगढी नगरपालिका–९ लगायतका क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भएको छ। जोखिमका आधारमा केही सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर र गजुरी गाउँपालिका–२ पेरोखाभिरमा पहिरोका कारण पृथ्वी राजमार्ग प्रभावित भएको छ। केही स्थानमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ भने कतिपय स्थानमा साना सवारीलाई मात्र आवागमनको अनुमति दिइएको छ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–८ डुम्रे क्षेत्रमा पहिरोका कारण अरनिको राजमार्ग प्रभावित भएको छ। उक्त सडकखण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

कर्णाली प्रदेशको मुगुमा पनि सडक अवरुद्ध भएको छ। छायानाथ रारा नगरपालिका–४ ताल्चा क्षेत्रमा बाढी तथा पहिरोका कारण मुगु–गमगढी सडक पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ।

प्रहरीले सडकको अवस्था निरन्तर अनुगमन गर्दै आवश्यकताअनुसार ट्राफिक व्यवस्थापन गरिरहेको जनाएको छ। यात्रु तथा चालकलाई सम्बन्धित सडकखण्डको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी प्रभावितका लागि जापानको राहत सामग्री हस्तान्तरण

प्रतिनिधिसभाको बैठक आज, तीन महत्वपूर्ण प्रस्ताव र सम्झौता पेस हुँदै

सम्बन्धित

एक सातादेखि चुल्हो बलेको छैन, मोबाइलमा छोरा फर्किने खबर कुरिरहेकी सरिता

भोटेकोसी उद्धारमा सरकारमाथि प्रदेशसभाको प्रश्न : ‘नागरिक मरिरहँदा किन रोकियो विदेशी सहयोग?

दश मुख्य राजमार्ग अवरुद्ध

बैतडीको लिस्किटामा जिप दुर्घटना, सात जना घाइते

बाढी पीडितलाई शाक्य कल्याण समाजको सहयोग

कैलाश मानसरोवरबाट २ हजार ५०० तीर्थयात्री नेपाल फर्किए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu