काठमाडौँ । बाढीपहिरोका कारण देशका विभिन्न दश मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीका अनुसार उपत्यका अन्तर्गत ललितपुरको बागमती गाउँपालिका – ३ स्थित कान्तिलोकपथ मार्ग पूर्णरुपमा अवरुद्ध छ । काठमाडौँको चन्द्रागिरीस्थित काठमाडौँ–धादिङ राजमार्ग भने एकतर्फी सुचारु भएको छ ।
बागमती प्रदेशको रसुवा जिल्ला अन्तर्गत उत्तरगया गाउँपालिका – ५ स्थित त्रिशुली मैलुङ स्याफ्रुबेसी सडक खण्ड, वेत्राबत्ती नगरपालिका सिमिटारस्थित पासाङ ल्हामु सडकखण्ड र मुख्य राजमार्ग अर्को सूचना जारी नभएसम्मको लागि पूर्णरुपमा अवरुद्ध छ ।
नुवाकोटमा सम्भावित बाढी, पहिरोका कारण शिवपुरी गाउँपालिक – ८ स्थित टोखा छहरे सडक खण्ड र रसुवा जाने मुख्य राजमार्ग सबै अवरुद्ध छ ।
धादिङमा पहिरोका कारण बेनिघाट रोराङ गाउँपालिका–७ स्थित पृथ्वीलोकमार्ग, गजुरी गाउँपालिका–२ परेवाभिर, पृथ्वीलोकमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् ।
लुम्बिनी प्रदेश अन्तर्गत रोल्पामा पहिरोका कारण माडी गाउँपालिका–३ स्थित शहिदमार्ग, कर्णाली प्रदेश अन्तर्गत मुगुको छाँयानाथ रारा नगरपालिका–४ मुगु–गमगढी र सुदूरपश्चिम प्रदेश अन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका–८ स्थित गोठाला पानी झुलाघाट सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्