ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढी प्रभावित १५ स्थानीय तहलाई १३ करोड ५० लाख निकासा


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ५ : ०५   बजे

काठमाडौं । सरकारले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ।

सरकारले दुई चरणमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत उक्त रकम निकासा गरेको हो। प्राधिकरणका अनुसार भदौ १२ गते ६ करोड ५० लाख र भदौ १६ गते थप ६ करोड ५० लाख रुपैयाँ निकासा गरिएको हो।

बाढी आएलगत्तै रसुवा र नुवाकोटका लागि एक–एक करोड तथा धादिङका लागि ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत सरकारले गरेको थियो।

निकासा गरिएको रकममध्ये रसुवाको उत्तरगया गाउँपालिकालाई १ करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकालाई २ करोड, कालिका गाउँपालिकालाई ६० लाख र आमाछोदिङ्मो गाउँपालिकालाई ४० लाख रुपैयाँ उपलब्ध गराइएको छ।

त्यस्तै, नुवाकोटको विदुर नगरपालिकालाई ३ करोड, बेलकोटगढी नगरपालिकालाई १ करोड ५० लाख, किस्पाङ गाउँपालिकालाई ५० लाख र तारकेश्वर गाउँपालिकालाई १ करोड रुपैयाँ निकासा गरिएको छ।

धादिङका गल्छी गाउँपालिकालाई ६० लाख, सिद्धलेक गाउँपालिकालाई ४० लाख, गजुरी गाउँपालिकालाई ४० लाख र बेनीघाट रोराङ गाउँपालिकालाई ४० लाख रुपैयाँ दिइएको प्राधिकरणले जनाएको छ।

यसैगरी, गोरखाको गण्डकी गाउँपालिकालाई ४० लाख तथा तनहुँका देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिकालाई ४०–४० लाख रुपैयाँ निकासा गरिएको छ।

सरकारले भोटेकोसी बाढीबाट प्रभावित यी १५ स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ १६ गते १ करोड रुपैयाँ निकासा गरेपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ मौज्दात रहेको छ।

त्यस्तै, प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस सभापति थापाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक

त्रिशूली–३ ‘ए’को सुरुङका सात ठूला ढुंगा विस्फोट गरी हटाइयो

सम्बन्धित

कैलाश मानसरोवरबाट २ हजार ५०० तीर्थयात्री नेपाल फर्किए

भोटेकोसी–त्रिशूली बाढीले निम्त्याएको क्षतिले स्तब्ध बनायो : आङदेम्बे

नागढुंगा चेकपोस्टनजिक सडक भासियो, एकतर्फी सवारी सञ्चालन

भोटेकोसी बाढीमा काठमाडौं महानगरका १६ जना बेपत्ता, एक जनाको घर बग्यो

बेत्रावतीमा बाढीले पुरिएको घरबाट निकालिएका शव हेलिकोप्टरमार्फत त्रिशूली पठाइँदै

गण्डकीमा फणिन्द्र देवकोटालाई मन्त्री नियुक्त गर्ने तयारी, केहीबेरमा शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu