ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीमा काठमाडौं महानगरका १६ जना बेपत्ता, एक जनाको घर बग्यो


ABC NEWS
१७ भदौ २०८३, बुधबार   १२ : १५   बजे

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोसीमा आएको अप्रत्याशित बाढीमा काठमाडौं महानगरपालिकाभित्रका १६ जना नागरिक बेपत्ता भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । बाढीमा एक जनाको घरसमेत बगेको छ ।

महानगरपालिकाका अनुसार वडा नं. १ का एक जना रसुवाको घट्टेखोलाबाट सम्पर्कविहीन छन् । वडा नं. ६ बाट दुई परिवारका पाँच जना, वडा नं. ३१ बाट चार जना, वडा नं. २९ बाट एक जना र वडा नं. २६ बाट पाँच जना बेपत्ता छन् ।

यस्तै, वडा नं. २३ की उमा श्रेष्ठको देवीघाटस्थित घर बाढीले बगाएको छ । काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन हेल्प डेस्क तथा विपद् सूचना केन्द्रबाट विवरण संकलन गरिएको हो । महानगरपालिकाले राष्ट्रिय सभा गृहमा केन्द्र सञ्चालन गरी भोटेकोसी बाढीबाट प्रभावित महानगरवासीको संख्या, अवस्था, आवश्यकता र क्षतिको विवरण संकलन गरिरहेको छ । केन्द्रले प्रभावितलाई सहयोग गर्न इच्छुक महानगरवासी, कम्पनी, संस्था तथा निजी क्षेत्रलाई सहयोग उपलब्ध गराउन आवश्यक सहजीकरणसमेत गरिरहेको छ । नागरिकलाई सूचना दिने, आवश्यक समन्वय गर्ने तथा तत्काल सहयोग उपलब्ध गराउन सहजीकरण गर्ने काम केन्द्रबाट भइरहेको छ । काठमाडौंबाट रसुवा, गोसाइँकुण्डलगायत क्षेत्रमा आन्तरिक पर्यटन तथा तीर्थाटनका लागि समूह बनाएर जानेको संख्या धेरै रहेकाले अझै थप महानगरवासी सम्पर्कविहीन हुन सक्ने महानगरपालिकाको अनुमान छ । विशेषगरी ठमेल क्षेत्रबाट धेरै व्यक्ति गएको हुन सक्ने भन्दै खोजी भइरहेको विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले जानकारी दिनुभयो । केन्द्रमा सम्पर्क गर्नेहरूले प्रभावित क्षेत्रमा लत्ताकपडा, खाद्यान्न, स्टेशनरी तथा अन्य जिन्सी सामग्री कसरी र कहाँ उपलब्ध गराउने भन्नेबारे जानकारी लिने गरेका छन् । त्यस्तै, परिवारका सदस्य सम्पर्कविहीन भएको, बालबालिकाको शिक्षाका लागि सहयोग आवश्यक भएको तथा काठमाडौं बाहिर जान सहयोग आवश्यक रहेको भन्दै समेत नागरिकले जिज्ञासा राख्ने गरेका छन् । केन्द्रमा एक जना जनप्रतिनिधि र दुई जना कर्मचारीले विवरण संकलन तथा समन्वय गरिरहेका छन् । बाढीजन्य विपद् तथा सहयोगसम्बन्धी जानकारीका लागि ०१–५३४०८८० मा सम्पर्क गर्न सकिनेछ । महानगरपालिकाको निःशुल्क कल सेन्टर १६६००१५५११ तथा मेट्रो एफएमका स्टेशन म्यानेजर केशवप्रसाद नेपालको ९८४१२५०७८० मा पनि जानकारी लिन वा दिन सकिनेछ । यस्तै, मानसिक स्वास्थ्य परामर्श तथा स्वास्थ्य सेवाका लागि ११८० मा सम्पर्क गर्न सकिने महानगरपालिकाले जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जस्मिन पेन्ट्सद्वारा दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

भोटेकोसी बाढीपछि नेपाललाई अन्तर्राष्ट्रिय समुदायको सहयोग, भारत–चीनसहित विभिन्न देशबाट राहत

सम्बन्धित

बेत्रावतीमा बाढीले पुरिएको घरबाट निकालिएका शव हेलिकोप्टरमार्फत त्रिशूली पठाइँदै

गण्डकीमा फणिन्द्र देवकोटालाई मन्त्री नियुक्त गर्ने तयारी, केहीबेरमा शपथ

रसुवाका बाढीपीडितका लागि वडा अध्यक्ष घिमिरेद्वारा ५२ हजार सहयोग

३२ जिल्लामा आकस्मिक बाढीको सम्भावना, सतर्क रहन आग्रह

रसुवा बाढीका बेपत्ता आफन्तको डीएनए परीक्षणका लागि रगत सङ्कलन सुरु

भोटेकोसी बाढी : पोखरा ल्याइएका १०२ शवमध्ये २१ को सनाखत, ७६ शव सिसौघारीमा व्यवस्थापन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu