काठमाडौं । जस्मिन पेन्ट्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा जस्मिन पेन्ट्सका प्रबन्ध निर्देशक (एमडी) लक्ष्मण अर्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सौगात अर्यालले २५ लाख रुपैयाँको सहयोग रकम अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमारलाई हस्तान्तरण गरेका हुन् । विगत ३२ वर्षदेखि नेपाली समाजसँग जोडिँदै आएको जस्मिन पेन्ट्सले प्राकृतिक विपद्का कठिन घडीमा प्रभावित परिवारको पीडालाई आफ्नै पीडा सम्झेर सहयोग गर्दै आएको जनाएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्याएको बताएको छ । कम्पनीले भनेको छ, “कसैको पीडामा मलम बन्न सक्नु, कसैको कठिन समयमा साथ दिन सक्नु, यही त हो समाजप्रतिको साँचो जिम्मेवारी हो । ३२ वर्षदेखि रंग मात्रै होइन, नेपाली मनमा साथ र विश्वास पनि भरिँदै आएको छ ।”
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्