काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । रसुवाको भोटेकोसी बाढीबाट भएको क्षतिबारे प्रधानमन्त्री शाहले संसद्मा सम्बोधन गर्ने रास्वपाका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिएका छन् । प्रधानमन्त्रीले सम्बोधन गर्ने भएपछि दलका नेताहरूले बोल्ने कार्यक्रम नहुने सम्भावना रहेको संसद् स्रोतले जनाएको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डीपी अर्यालले विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्