ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिल्सा नाकामा अस्थायी क्वारेन्टिन स्थापना गरिँदै


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ३ : ५५   बजे

सुर्खेत । नेपाल–चीन सीमा क्षेत्र हिल्सा नाकामा नेपालतर्फबाट अस्थायी क्वारेन्टिन स्थापना हुने भएको छ। लामो समयदेखि हुम्लावासीले हिल्सा नाकामा क्वारेन्टिन स्थापना गर्न माग गर्दै आए पनि जनशक्ति अभाव र नाका नियमित सञ्चालन हुन नसक्ने अवस्थाका कारण स्थायी रूपमा क्वारेन्टिन स्थापना हुन सकेको थिएन। अहिले भने तत्कालका लागि अस्थायी रूपमा क्वारेन्टिन सञ्चालन गर्ने तयारी गरिएको छ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार हिल्सा नाकाबाट हुने सामानको आयात–निर्यातको अवस्था र नाका सञ्चालन हुने समयलाई ध्यानमा राखेर अस्थायी क्वारेन्टिन स्थापना गर्न लागिएको हो।

‘वर्तमान अवस्थामा हिल्सा नाकाबाट हुने सामानको निर्यातको अवस्थालाई ध्यानमा राखेर अस्थायी रूपमा सञ्चालन गर्ने गरी क्वारेन्टिन स्थापना गर्ने तयारी भइरहेको छ’, महानिर्देशक दाहालले भने।

उनका अनुसार कर्मचारी संरचना भर्खरै स्वीकृत भएर आएकाले हिल्सा नाकामा तत्काल स्थायी संरचनासहित जनशक्ति व्यवस्थापन गर्न कठिनाइ छ। त्यसैले नेपालगन्जमा शाखा स्थापना गरी सोही शाखामार्फत हिल्सा नाकाको क्वारेन्टिन सेवा सञ्चालन गर्ने तयारी गरिएको हो।

हिल्सामा क्वारेन्टिन सञ्चालनका लागि नेपालगन्जबाट दुई जनासम्म कर्मचारी परिचालन गरिनेछ। नाका सञ्चालन भएको अवधिमा कर्मचारी हिल्सामा खटिनेछन् भने नाका बन्द भएपछि क्वारेन्टिन पनि बन्द गरी कर्मचारीलाई नेपालगन्ज फिर्ता गरिने व्यवस्था मिलाइने विभागले जनाएको छ।

२०७० सालदेखि क्वारेन्टिनको माग

हुम्लावासीले हिल्सा नाकामा क्वारेन्टिन स्थापना गर्न विसं २०७० देखि नै माग गर्दै आएका छन्। चीनसँगको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको हिल्साबाट स्थानीय उत्पादन निर्यात गर्न क्वारेन्टिन अनिवार्य भए पनि लामो समयसम्म यसको व्यवस्था हुन सकेको थिएन।

हिल्सा नाका वर्षभरि सञ्चालनमा आउन नसक्ने भएकाले तत्कालका लागि नाका सञ्चालन हुने अवधिमा मात्रै क्वारेन्टिन सञ्चालन गर्ने निर्णय गरिएको विभागले जनाएको छ।

नाका बन्द हुनेबित्तिकै क्वारेन्टिन पनि बन्द गरी कर्मचारीलाई नेपालगन्ज फिर्ता पठाइनेछ। यसबाट सीमित जनशक्तिलाई आवश्यकता र नाका सञ्चालनको समयअनुसार परिचालन गर्न सहज हुने विभागको अपेक्षा छ।

स्थानीय उत्पादन चीन पठाउन सहज हुने अपेक्षा

हिल्सामा अस्थायी क्वारेन्टिन स्थापना हुने भएपछि हुम्लाबाट चीनतर्फ स्थानीय उत्पादन निर्यात गर्न बाटो खुल्ने अपेक्षा गरिएको छ।

कृषि विकास कार्यालय हुम्लाका प्रमुख चुणामणि पन्तले लामो समयदेखि उठ्दै आएको माग सम्बोधन हुने भएकाले अस्थायी क्वारेन्टिन स्थापना हुनु सकारात्मक भएको बताए।

‘केही नहुनुभन्दा यति भएपछि तत्कालका लागि काम चल्छ। हुम्लावासीका स्थानीय रैथाने बाली तथा अन्य उत्पादित सामान चीन लैजाने बाटो पनि खुल्ने विश्वास छ’, पन्तले भने।

उनका अनुसार अस्थायी क्वारेन्टिन सञ्चालन भएपछि हिल्सा नाकाबाट हुने निर्यातको अवस्था र चापको मूल्याङ्कन गर्नसमेत सहज हुनेछ। त्यसका आधारमा भविष्यमा हिल्सामै स्थायी क्वारेन्टिन स्थापना गर्न सरकारलाई आवश्यक आधार तयार हुने उनको भनाइ छ।

क्वारेन्टिन नहुँदा निर्यातमा समस्या

हिल्सा नाकामा हालसम्म क्वारेन्टिन स्थापना नहुँदा हुम्लामा उत्पादन हुने रैथाने बाली, फलफूल, जडीबुटी तथा अन्य कृषि तथा पशुजन्य उत्पादन चीनतर्फ निर्यात गर्न समस्या हुँदै आएको छ।

नेपालबाट चीनमा कृषि तथा पशुजन्य उत्पादन लैजान सम्बन्धित वस्तुको स्वास्थ्य तथा गुणस्तर परीक्षणसहित आवश्यक क्वारेन्टिन प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। तर हिल्सामै क्वारेन्टिनको व्यवस्था नहुँदा स्थानीय उत्पादन निर्यात गर्न कठिनाइ हुँदै आएको हो।

हाल हिल्सा नाकाबाट चीनबाट नेपालतर्फ विभिन्न सामान आयात हुँदै आए पनि हुम्लाबाट चीनतर्फ स्थानीय उत्पादनको नियमित निर्यात हुन सकेको छैन।

क्वारेन्टिन सञ्चालनमा आएपछि स्थानीय किसान तथा व्यवसायीले उत्पादन गरेका कृषि तथा पशुजन्य वस्तुको आवश्यक परीक्षण र प्रमाणीकरण गर्न सहज हुने अपेक्षा गरिएको छ। यसले हुम्लाका स्थानीय उत्पादनलाई चीनको बजारसम्म पुर्‍याउन सहयोग पुग्ने सरोकारवालाको विश्वास छ।

स्थायी क्वारेन्टिनको आधार बन्ने

सरकारले हिल्सा नाकाको व्यापारिक सम्भावनालाई ध्यानमा राख्दै दीर्घकालीन रूपमा नाका सञ्चालनलाई प्रभावकारी बनाउने प्रयास गरिरहेका बेला अस्थायी क्वारेन्टिन स्थापना गर्न लागिएको हो।

विभागका अनुसार अहिलेको अस्थायी व्यवस्थाबाट नाका सञ्चालनको समयमा आवश्यक सेवा प्रदान गरिनेछ। भविष्यमा व्यापारिक गतिविधि बढ्दै गएमा हिल्सामै स्थायी क्वारेन्टिन कार्यालय तथा आवश्यक जनशक्ति व्यवस्थापन गर्ने आधार तयार हुनेछ।

लामो समयदेखि क्वारेन्टिन अभावका कारण निर्यातमा समस्या भोग्दै आएका हुम्लाका किसान तथा व्यवसायीका लागि अस्थायी भए पनि क्वारेन्टिन स्थापना गर्ने निर्णयलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी : चार हजार बढीको जीवितै उद्धार, ६२६ जनाको शव फेला

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्याउने खर्च वाग्मती प्रदेश सरकारले बेहोर्ने

सम्बन्धित

गोरु पाल्ने बाजुराका किसानलाई प्रोत्साहन, १५६ जनाको खातामा पाँच–पाँच हजार

भारतसँग जीटुजीमार्फत २५ हजार मेट्रिक टन डीएपी मल खरिद गरिने

भारतसँग जीटुजीमार्फत २५ हजार मेट्रिक टन डीएपी मल किन्न सरकारको सैद्धान्तिक सहमति

रसुवा बाढीपीडितका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज तयार गरिने

विपद् प्रभावित क्षेत्रमा घाइते पशुपन्छीको उद्धार र उपचारका लागि प्राविधिक टोली परिचालन

बाढीपछि पशुजन्य रोगको जोखिम बढ्न नदिन विशेष टोली परिचालन गर्न निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu