भारतसँग जीटुजीमार्फत २५ हजार मेट्रिक टन डीएपी मल खरिद गरिने
काठमाडौं । सरकारले भारतसँग सरकार–सरकार (जीटुजी) माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्ने भएको छ।
यसका लागि शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कृषि सामग्री लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ।
बैठकपछि सरकारका प्रवक्तासमेत रहनुभएका शिक्षामन्त्री सस्मित पोखरेलले भारत सरकारसँग जीटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिनुभयो।
सरकारले कृषि क्षेत्रमा मलको सहज आपूर्ति सुनिश्चित गर्न भारतसँग जीटुजी प्रक्रियाबाट मल खरिद गर्न लागेको हो।
स्रोतका थप तस्बिर तथा कागजात

Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्