ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुङ्गमतीमा टनेल खेतीप्रति किसानको आकर्षण, उत्पादन र आम्दानी बढ्ने अपेक्षा


ABC NEWS
१० भदौ २०८३, बुधबार   ९ : ३५   बजे

ललितपुर । बुङ्गमती क्षेत्रका किसान व्यावसायिक टनेल खेतीतर्फ आकर्षित भएका छन्। पछिल्लो समय किसानले आधुनिक प्रविधिको प्रयोग गर्दै टनेलभित्र विभिन्न जातका तरकारी उत्पादन गर्न थालेका हुन्।

टनेल खेतीले प्रतिकूल मौसमबाट बाली जोगाउनुका साथै उत्पादन र गुणस्तर बढाउन सहयोग गर्ने किसानको अनुभव छ। बुङ्गमतीका किसानले टमाटर, काउली, बन्दा लगायतका विभिन्न तरकारी टनेलमा उत्पादन गरिरहेका छन्।

किसान घनश्याम श्रेष्ठका अनुसार टनेल निर्माण र खेतीका लागि सुरुवाती लगानी केही बढी आवश्यक भए पनि त्यसबाट प्राप्त हुने प्रतिफल राम्रो छ। टनेल खेतीबाट उत्पादनमा वृद्धि हुनुका साथै तरकारीको गुणस्तरसमेत सुधार हुने उनको भनाइ छ।

‘टनेलमा खेती गर्न सुरुमा लगानी केही बढी गर्नुपर्छ। तर उत्पादन राम्रो हुने भएकाले त्यसको प्रतिफल पनि राम्रो हुन्छ,’ श्रेष्ठले भने।

उत्पादनसँगै आम्दानी बढ्ने अपेक्षा

टनेल खेतीबाट किसानले वर्षेनी उल्लेख्य आम्दानी गर्दै आएका छन्। यस वर्ष पनि उत्पादन राम्रो हुने अपेक्षा उनीहरूको छ। बजारमा तरकारीको माग बढ्दै गएकाले टनेलमा उत्पादित तरकारीले राम्रो मूल्य पाउने किसानको विश्वास छ।

बुङ्गमती क्षेत्रका किसानले उत्पादन गरेका तरकारी स्थानीय बजारसँगै काठमाडौं उपत्यकाका विभिन्न थोक बजारमा बिक्री गर्दै आएका छन्। बजारसम्म सहज पहुँच भएकाले उत्पादित तरकारी बिक्रीमा समस्या कम भएको किसान बताउँछन्।

परम्परागत खेती प्रणालीको तुलनामा टनेल खेतीबाट उत्पादन बढाउनुका साथै मौसमजन्य जोखिम घटाउन सकिने भएकाले पछिल्लो समय यसप्रति किसानको आकर्षण बढ्दै गएको छ। आधुनिक कृषि प्रविधिको विस्तारसँगै बुङ्गमतीका किसानले व्यावसायिक तरकारी खेतीलाई थप विस्तार गर्ने अपेक्षा गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवामा भीषण बाढीको कहर : स्याफ्रुबेँसी र टिमुरेमा ठूलो क्षति, उद्धारका लागि सरकार उच्च सतर्क

ह्वीप उल्लङ्घन गरेको आरोपमा सांसद अम्बिका काफ्लेलाई हटाउन जसपा नेपालको सिफारिस

सम्बन्धित

बाँदर र बदेलले अन्नबाली सखाप पारेपछि पाल्पाका किसान टिमुरखेतीतर्फ

भारतले चार वर्षपछि गहुँ निर्यातको प्रतिबन्ध हटायो, किसानको आम्दानी बढ्ने अपेक्षा

 किस्पाङको भाल्चे भेडा फार्म : बरुवाल भेडाको संरक्षणदेखि पर्यटन प्रवर्द्धनसम्म

बाँदर–बदेलको आतङ्कपछि पाल्पाका किसानको रोजाइ टिमुरखेती, वार्षिक तीन लाखसम्म आम्दानी

माटो जोगाउनेदेखि डिजिटल बजारसम्म: कृषिमा नयाँ ‘रोडम्याप’ अघि बढाउँदै सरकार

पशु रोग नियन्त्रण विधेयकमाथि सैद्धान्तिक छलफल, कानुन प्रभावकारी बनाउने प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu