ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद् प्रभावित क्षेत्रमा घाइते पशुपन्छीको उद्धार र उपचारका लागि प्राविधिक टोली परिचालन


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ४ : ३५   बजे

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले विपद् प्रभावित क्षेत्रमा घाइते पशुपन्छीको उद्धार, आकस्मिक उपचार, मृत पशुपन्छीको सुरक्षित व्यवस्थापन तथा जैविक सुरक्षाका लागि औषधिसहितको प्राविधिक टोली परिचालन गरेको छ।

भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका नदी तटीय क्षेत्रमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा प्राविधिक टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ।

टोलीले बाढी प्रभावित क्षेत्रमा रहेका घाइते तथा जोखिममा परेका पशुपन्छीको उद्धार र उपचार गर्नुका साथै मृत पशुपन्छीको सुरक्षित व्यवस्थापनमा समेत काम गर्नेछ। विपद्पछि फैलिन सक्ने रोग तथा अन्य जैविक जोखिम नियन्त्रणका लागि आवश्यक औषधि र प्राविधिक सहयोग पनि उपलब्ध गराइने जनाइएको छ।

विभिन्न निकायसँग सहकार्यको अपिल

यसैबीच, पशु सेवा विभागले विपद्को समयमा उद्धार तथा उपचार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय, पेसागत संघसंस्था, उद्यमी तथा व्यवसायी, पशु कल्याणसम्बन्धी संस्था, निजी पशु सेवाकर्मी तथा नागरिक समाजसँग सहकार्य गर्न आह्वान गरेको छ।

विभागले प्रभावित क्षेत्रमा रहेका पशुधन तथा पशुपन्छीको संरक्षण, उपचार र व्यवस्थापनका लागि सबै सरोकारवाला पक्षलाई आवश्यक सहयोग र समन्वय गर्न आग्रह गरेको हो।

विपद्बाट प्रभावित क्षेत्रमा पशुधनको उद्धार र उपचारसँगै रोगको सम्भावित जोखिम न्यूनीकरण तथा जैविक सुरक्षालाई समेत प्राथमिकतामा राखेर प्राविधिक टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवामा बाढी प्रभावित ६०२ जनाको हेलिकप्टरबाट उद्धार

बाढीपीडितका लागि बेलायतद्वारा ८५ करोड रुपैयाँ सहायता घोषणा

सम्बन्धित

बाढीपछि पशुजन्य रोगको जोखिम बढ्न नदिन विशेष टोली परिचालन गर्न निर्देशन

बुङ्गमतीमा टनेल खेतीप्रति किसानको आकर्षण, उत्पादन र आम्दानी बढ्ने अपेक्षा

बाँदर र बदेलले अन्नबाली सखाप पारेपछि पाल्पाका किसान टिमुरखेतीतर्फ

भारतले चार वर्षपछि गहुँ निर्यातको प्रतिबन्ध हटायो, किसानको आम्दानी बढ्ने अपेक्षा

 किस्पाङको भाल्चे भेडा फार्म : बरुवाल भेडाको संरक्षणदेखि पर्यटन प्रवर्द्धनसम्म

बाँदर–बदेलको आतङ्कपछि पाल्पाका किसानको रोजाइ टिमुरखेती, वार्षिक तीन लाखसम्म आम्दानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu