ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस महाधिवेशन रोक्न शशांक कोइरालाको माग, गगन थापालाई पत्र


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ४ : २५   बजे

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सभापति गगनकुमार थापालाई पत्र पठाउँदै आगामी १५औँ महाधिवेशनसहित पार्टीका सांगठनिक गतिविधि तत्काल रोक्न आग्रह गरेका छन्।

मंगलबार कांग्रेस केन्द्रीय कार्यसमितिलाई सम्बोधन गर्दै पठाइएको तीनबुँदे पत्रमा सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दामा पुनरवलोकनका लागि अनुमति दिएको विषयलाई आधार बनाइएको छ। सर्वोच्चले साउन २२ गते पुनरवलोकनका लागि निस्सा प्रदान गरेपछि उक्त मुद्दामा पुनः सुनुवाइ हुने भएको छ।

डा. कोइरालाले सर्वोच्चबाट अन्तिम फैसला नआएसम्म १५औँ महाधिवेशन वा विशेष महाधिवेशनसँग सम्बन्धित कुनै पनि गतिविधि अघि नबढाउन आग्रह गरेका छन्।

महाधिवेशनका गतिविधि रोक्न माग

पत्रको पहिलो बुँदामा आगामी १५औँ महाधिवेशन वा विशेष महाधिवेशनसँग सम्बन्धित सांगठनिक, प्राविधिक तथा नीतिगत कार्यतालिका तत्काल स्थगित गर्न माग गरिएको छ।

त्यस्तै, अदालतको अन्तिम फैसला नआएसम्म पार्टीका तर्फबाट दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत, राजनीतिक, सांगठनिक वा आर्थिक निर्णय नगर्न कोइरालाले आग्रह गरेका छन्।

अदालतको प्रक्रियालाई सम्मान गर्न आग्रह

कोइरालाले सर्वोच्च अदालतको पूर्ण इजलासबाट अन्तिम फैसला नआएसम्म पार्टीका सांगठनिक संरचनालाई साविककै अवस्थामा राख्नुपर्ने बताएका छन्। साथै, अदालतको गरिमा र कानुनी प्रक्रियालाई पूर्ण रूपमा सम्मान गर्दै सहयोग गर्न उनले आग्रह गरेका छन्।

महाधिवेशनलगायतका गतिविधि अघि बढाउँदा अदालतमा विचाराधीन मुद्दालाई असर पर्न सक्ने भन्दै उनले त्यसबाट अदालतको अपहेलनालगायत कानुनी जटिलता उत्पन्न हुन सक्ने चेतावनीसमेत दिएका छन्।

पत्रमा भनिएको छ, अदालतमा विचाराधीन मुद्दाको अन्तिम परिणामलाई असर पर्ने गरी कुनै पनि गतिविधि अघि नबढाउन कानुनी ध्यानाकर्षण गराइएको छ।

विभिन्न निकायलाई बोधार्थ

कोइरालाले कांग्रेस केन्द्रीय कार्यसमितिलाई पठाएको उक्त पत्र सभापति गगनकुमार थापा, प्रदेश तथा जिल्ला कार्यसमिति, क्षेत्रीय तथा स्थानीय तह, वडा, जनसम्पर्क समिति र निर्वाचन आयोगलाई समेत बोधार्थ पठाएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी प्रभावितका लागि जापानको राहत सामग्री हस्तान्तरण

प्रतिनिधिसभाको बैठक आज, तीन महत्वपूर्ण प्रस्ताव र सम्झौता पेस हुँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धारको कठिन यात्रा : पाँच दिनमा २० हजार घनमिटर लेदो र भग्नावशेष हटाइयो

भोटेकोसी बाढी प्रभावितका लागि जापानको राहत सामग्री हस्तान्तरण

प्रतिनिधिसभाको बैठक आज, तीन महत्वपूर्ण प्रस्ताव र सम्झौता पेस हुँदै

पूर्वसदस्य–सचिव संज्यालको पारिश्रमिक विवादमा कर्णाली सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

बाढी–पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित, कतै पूर्ण त कतै एकतर्फी अवरोध

नेपालले भोगेको क्षति कोषको क्षमताभन्दा धेरै, जलवायु न्यायका आधारमा थप अन्तर्राष्ट्रिय सहायता खोज्नुपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu