काठमाडौं । नेपाली कांग्रेसभित्र एकताको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यले देशव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गरिने भएको छ।
अभियानका अनुसार हस्ताक्षरलाई कागजी समर्थनका रूपमा मात्र नभई ‘कांग्रेस एकताबद्ध हुनुपर्छ’ भन्ने आम कार्यकर्ता तथा शुभेच्छुकको सामूहिक आवाजका रूपमा अघि बढाइनेछ।
गाउँदेखि कार्यकर्तासम्म जोड्ने लक्ष्य
अभियानका अगुवाहरूले कांग्रेसलाई पुनः गाउँ, कार्यकर्ता र आम नागरिकको भावनासँग जोड्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताएका छन्।
उनीहरूका अनुसार पार्टीभित्रको एकता बलियो बनाउँदै कांग्रेसलाई थप प्रभावकारी र सशक्त बनाउन जनमत निर्माण आवश्यक भएकाले हस्ताक्षर अभियान सुरु गर्न लागिएको हो।
देशभरबाट संकलन हुने हस्ताक्षरमार्फत पार्टी एकताको पक्षमा रहेका कार्यकर्ता तथा शुभेच्छुकको भावना नेतृत्वसमक्ष पुर्याउने अभियानको तयारी छ।
Originally published on abcnews.com.np.














प्रतिक्रिया दिनुहोस्