ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ४ : १५   बजे

नारायणगढ, साउन २६ गते । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

पश्चिम चितवनको मेघौलीस्थित हरियाली सामुदायिक वनमा एक पुरुषको शव भेटिएको हो। शव भेटिएको स्थाननजिकै बाघसमेत रहेकाले हात्ती प्रयोग गरी बाघलाई धपाएर शव नियन्त्रणमा लिने प्रयास भइरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश मगरले जानकारी दिए।

मृतकको पहिचान औपचारिक रूपमा हुन बाँकी रहेको छ। स्थानीयवासीका अनुसार भरतपुर महानगरपालिका–२८, जितपुर निवासी ६१ वर्षीय मगले बोटे सम्पर्कविहीन थिए। उनी सोही सामुदायिक वनमा घाँस काट्न गएको बताइएको छ।

संरक्षणकर्मीहरूले घाँस काट्न वनमा गएका बोटेलाई बाघले आक्रमण गरेको हुन सक्ने अनुमान गरेका छन्।

घटनास्थलमा खोजी तथा उद्धारका लागि हात्तीसहितको प्राविधिक टोली परिचालन गरिएको छ। टोलीले बाघको सम्भावित जोखिमबाट मानिसलाई सुरक्षित दूरीमा राख्दै शव नियन्त्रणमा लिने तथा मृतकको पहिचान गर्ने काम गरिरहेको छ।

निकुञ्जका अनुसार घटनाको थप अनुसन्धान तथा मृतकको औपचारिक सनाखतपछि घटनाबारे विस्तृत विवरण सार्वजनिक गरिनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधि सभामा सांसदद्वारा सुशासनदेखि सडक, ग्यास अभाव र युवाका मुद्दासम्म सरकारको ध्यानाकर्षण

कांग्रेस महाधिवेशन रोक्न शशांक कोइरालाको माग, गगन थापालाई पत्र

सम्बन्धित

कयर खोला किनारमा ६८ वर्षीय पुरुष मृत फेला

शेयर बजारमा सामान्य वृद्धि, नेप्से ०.७९ अंकले बढ्यो

ग्लोबल आईएमई बैंकको गाडी कर्जामा विशेष छुट, ब्याजदर ५.२५ प्रतिशतबाट

प्राकृतिक विपत्तिबाट विश्वव्यापी बीमित क्षति ४२ अर्ब डलर

६ लाख रुपैयाँ घुस लिएको आरोपमा इन्जिनियर र लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

खर्च नियन्त्रणपछि डिडिसी नाफामा, किसानको बक्यौता पनि घटाउँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu