ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाइमा मोबिलिटी एक्स्पोमा लिपमोटर बीओथ्रीएक्स सार्वजनिक, ५०५ किमीसम्म रेन्ज


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   २ : ०५   बजे

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पोमा लिपमोटर बीओथ्रीएक्स सार्वजनिक गरिएको छ। नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले एक्स्पोमा उक्त विद्युतीय एसयूभी सार्वजनिक गरेको हो। ‘इन्टेलिजेन्ट अर्बन मोबिलिटी’को अवधारणामा आधारित बीओथ्रीएक्सको बुकिङसमेत खुला गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार बीओथ्रीएक्स पाँचवटा रङ विकल्पमा उपलब्ध हुनेछ। यसमा १९० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको छ। नेपाली सडकको अवस्थालाई ध्यानमा राखेर तयार पारिएको यो एसयूभीमा दैनिक प्रयोगका लागि आवश्यक व्यवहारिकता र आधुनिक प्रविधिको संयोजन गरिएको कम्पनीको दाबी छ।

लिपमोटर बीओथ्रीएक्समा १४५ किलोवाट क्षमताको मोटर र ५३ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा ५०५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। गाडीमा ५१० लिटरको बुट स्पेस, फराकिलो केबिन र प्रिमियम इन्टेरियर उपलब्ध रहेको बताइएको छ।

सुरक्षातर्फ बीओथ्रीएक्समा एडीएएस लेभल–२ प्रविधि समावेश गरिएको छ। यसले विभिन्न ड्राइभिङ परिस्थितिमा चालकलाई सुरक्षित तथा सहज यात्राका लागि सहयोग गर्ने कम्पनीले जनाएको छ।

लिपमोटरले विश्वव्यापी अटोमोबाइल समूह स्टेलान्टिससँग सहकार्य गर्दै आएको छ। स्टेलान्टिसअन्तर्गत मासेराटी, जीप र प्युजोलगायत विभिन्न अन्तर्राष्ट्रिय ब्रान्ड रहेका छन्। कम्पनीका अनुसार लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी विद्युतीय सवारीसाधन बिक्री गरिसकेको छ। जुलाई महिनामा मात्रै एक लाखभन्दा बढी युनिट बिक्री भएको कम्पनीको दाबी छ।

लिपमोटरका सवारीसाधन विश्वका ४० भन्दा बढी देशमा बिक्री तथा सेवा सञ्जालमार्फत उपलब्ध हुँदै आएका छन्। कम्पनीका अनुसार विश्वभर एक हजार सात सयभन्दा बढी बिक्री तथा सेवा केन्द्र रहेका छन्।

नेपाली बजारमा बीओथ्रीएक्सको पहिलो १०० ग्राहकका लागि ४४ लाख ९९ हजार रुपैयाँ विशेष मूल्य तोकिएको छ। नयाँ विद्युतीय एसयूभी ब्रान्ड र मोडल थपिँदै गएको नेपाली बजारमा लिपमोटर बीओथ्रीएक्सको प्रवेशले प्रतिस्पर्धा थप तीव्र बनाउने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शेखर कोइराला कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने

एमाले सांसद थेबेको कटाक्ष : ‘प्रधानमन्त्रीको एक्लोपनलाई साथ दिन चाहन्छु’

सम्बन्धित

बागलुङका २५ महिला उद्यमीलाई साबुन तथा सरफ बनाउने तालिम

निसानको नयाँ एसयूभी ‘टेकटन’ नेपाली बजारमा सार्वजनिक, मूल्य ५१ लाख २९ हजार

ग्लोबल आइएमई बैंकको अटो एक्स्पो अफर : ५.२५ प्रतिशत ब्याजदरमा गाडी कर्जा

नेप्से सामान्य अंकले बढ्यो, ४ अर्बभन्दा बढीको कारोबार

अग्नि मोटोइंकले ल्यायो बिगसका दुई प्रिमियम विद्युतीय स्कुटर

टाटा मोटर्सका दुई नयाँ ईभी नेपालमा सार्वजनिक, पञ्च र टियागोको नयाँ संस्करण बजारमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu