ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ईभीमा लगानी सुरक्षाका लागि १० वर्षसम्म नीति परिवर्तन नगर्न यातायात व्यवसायीको माग


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   १२ : ५५   बजे

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले विद्युतीय सवारीसाधन (ईभी) क्षेत्रमा लगानी सुरक्षाका लागि कम्तीमा १० वर्षसम्म नीतिगत स्थिरता कायम गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार काठमाडौंमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले सरकार र कर्मचारी परिवर्तनसँगै नीतिसमेत परिवर्तन हुँदा व्यवसायी समस्यामा पर्ने गरेको बताए। उनले ईभी क्षेत्रमा दीर्घकालीन लगानी सुनिश्चित गर्न न्यायपूर्ण र स्थिर कानुनी व्यवस्था आवश्यक रहेको उल्लेख गरे।

सिटौलाले सार्वजनिक सवारी सञ्चालनको अनुमति दिनुअघि रुटको वैज्ञानिक अध्ययन र यात्रुको संख्याबारे सर्वेक्षण गर्नुपर्ने बताए। सार्वजनिक यातायातको भाडादर पनि राजनीतिक निर्णयका आधारमा नभई वास्तविक लागत र उचित प्रतिफलका आधारमा वैज्ञानिक रूपमा निर्धारण गर्नुपर्ने उनको भनाइ छ।

चार्जिङ स्टेसन विस्तारमा सरकारी लगानी माग

ईभीको प्रयोग बढाउन देशभरका प्रत्येक पेट्रोल पम्पमा अनिवार्य रूपमा चार्जिङ स्टेसन निर्माण गर्ने नीति ल्याउनुपर्ने सिटौलाले बताए। ग्रामीण क्षेत्रसम्म चार्जिङ नेटवर्क विस्तारका लागि सरकारले अनुदानसहित लगानीमैत्री वातावरण बनाउनुपर्ने उनको माग छ।

उनले संघ र प्रदेश सरकारबीच भाडादर तथा यातायातसम्बन्धी नीतिमा समन्वय नहुँदा निजी क्षेत्र समस्यामा परेको भन्दै एकद्वार प्रणालीबाट स्पष्ट नीति ल्याउन आग्रह गरे।

पार्टपुर्जा र ब्याट्रीको मूल्यमा चिन्ता

सिटौलाले विद्युतीय सवारीका पार्टपुर्जा तथा ब्याट्री महँगो हुनुका साथै सहज रूपमा उपलब्ध नहुँदा व्यवसायी प्रभावित भएको बताए।

खुला सीमाबाट नक्कली पार्टपुर्जा भित्रिने र त्यसले दुर्घटनाको जोखिम बढाउने भन्दै उनले त्यस्ता सामग्रीको आयातमा कडाइ गर्न सरकारसँग आग्रह गरे। सार्वजनिक सवारीका पार्टपुर्जा आयातमा सहुलियत दिनुपर्ने विषयमा आफूले अर्थमन्त्रीसँग छलफल गरेको पनि उनले जानकारी दिए।

ईभीमा ब्याट्रीको आयु, लागत र सुरक्षासम्बन्धी विषय लगानीकर्ताका लागि चुनौतीपूर्ण रहेको भन्दै उनले यसका लागि स्पष्ट मापदण्ड र नीतिगत व्यवस्था आवश्यक रहेको बताए।

सिटौलाले नीतिगत स्थिरता, चार्जिङ पूर्वाधार र आवश्यक कानुनी व्यवस्था सुनिश्चित भएमा मात्रै विद्युतीय सवारी क्षेत्रमा लगानी सुरक्षित र दीर्घकालीन रूपमा विस्तार हुने बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मन्त्रिपरिषद् बैठक आज बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति एजेन्डामा

सम्बन्धित

६७९ किमीसम्म रेन्ज दिने महिन्द्राको एक्सइभी नाइन एस नेपालमा, मूल्य ६० लाख

एलेक्सिस सान्चेजलाई मोन्टेरियालले भित्र्याउने

रेडडट र इफ डिजाइन अवार्ड विजेता चेरी क्यू ईभी नेपालमा, मूल्य ३१ लाखबाट

आइकारले भी२७ नाइमा सार्वजनिक गर्‍यो, मूल्य ५१ लाख रूपैयाँ

भोलि सूर्यग्रहण लाग्दै, नेपालबाट भने नदेखिने

नेपालमा सार्वजनिक भयो बीएआईसीको हाइब्रिड एसयूभी बीजे–३० ई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu