काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको छ।
बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर ३ लाख १ हजार ५ सय रुपैयाँमा झरेको थियो। त्यसअघि लगातार चार दिनमा सुनको मूल्य तोलामा १७ हजार ८ सय रुपैयाँले वृद्धि भएको थियो।
यससँगै पछिल्ला दिनमा सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको छ।
चाँदीको मूल्य पनि बढ्यो
सुनसँगै चाँदीको मूल्यमा पनि आज उच्च वृद्धि भएको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा ११० रुपैयाँले बढेर ४ हजार ७ सय ८० रुपैयाँपुगेको छ।
चाँदीको मूल्यमा पछिल्लो समय पनि उल्लेख्य उतारचढाव देखिँदै आएको छ।
ऐतिहासिक उच्च मूल्य कहिले?
महासंघका अनुसार नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य यसअघि माघ १५ गते कायम भएको थियो। उक्त दिन सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।
त्यसैगरी, चाँदीको हालसम्मकै उच्च मूल्य पनि माघ १५ गते नै कायम भएको थियो। उक्त दिन चाँदी तोलाको ७ हजार ५ सय ५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
चाँदीको मूल्यमा हालसम्मकै ठूलो एकदिने गिरावट भने माघ १८ गते भएको थियो। त्यस दिन चाँदीको मूल्य तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्