ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाइमा अटो एक्स्पोलाई लक्षित गर्दै एनएमबि बैंकको ‘इभी अटो कर्जा’ योजना


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ११ : २५   बजे

काठमाडौं । एनएमबि बैंक लिमिटेडले दोस्रो नाइमा नेपाल मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै नयाँ विद्युतीय सवारीसाधन खरिदका लागि ‘इभी अटो कर्जा’ योजना सार्वजनिक गरेको छ।

बैंकका अनुसार वातावरणमैत्री यातायात प्रवर्द्धन तथा दिगो बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको उक्त कर्जा योजना आधार दरमा ०.५ प्रतिशत थप गरी ब्याजदर निर्धारण हुने गरी ल्याइएको हो। यो योजना सीमित अवधिका लागि लागू हुने बैंकले जनाएको छ।

नयाँ विद्युतीय सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकले काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा रहेको बैंकको स्टल नम्बर ५ तथा देशभरका एनएमबि बैंकका शाखामार्फत कर्जाका लागि आवेदन दिन सक्नेछन्।

विद्युतीय सवारी खरिदमा सहजीकरण

बैंकले नयाँ विद्युतीय सवारीसाधन खरिदकर्तालाई सरल र छिटो प्रक्रियामार्फत कर्जा उपलब्ध गराउने जनाएको छ। विद्युतीय सवारीको बढ्दो माग र वातावरणमैत्री यातायातप्रतिको आकर्षणलाई ध्यानमा राख्दै कर्जा योजना ल्याइएको बैंकको भनाइ छ।

एनएमबि बैंकले हाल देशभर १९८ शाखा, १७६ एटिएम तथा एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विद्युतीय तथा हाइब्रिड सवारीसाधनका नयाँ मोडलहरू सार्वजनिक भइरहेका बेला बैंकको इभी कर्जा योजनाले विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकलाई वित्तीय सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मन्त्रिपरिषद् बैठक आज बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति एजेन्डामा

सम्बन्धित

६७९ किमीसम्म रेन्ज दिने महिन्द्राको एक्सइभी नाइन एस नेपालमा, मूल्य ६० लाख

एलेक्सिस सान्चेजलाई मोन्टेरियालले भित्र्याउने

रेडडट र इफ डिजाइन अवार्ड विजेता चेरी क्यू ईभी नेपालमा, मूल्य ३१ लाखबाट

आइकारले भी२७ नाइमा सार्वजनिक गर्‍यो, मूल्य ५१ लाख रूपैयाँ

भोलि सूर्यग्रहण लाग्दै, नेपालबाट भने नदेखिने

ईभीमा लगानी सुरक्षाका लागि १० वर्षसम्म नीति परिवर्तन नगर्न यातायात व्यवसायीको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu