ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हायर पर्चेज कम्पनीको मनपरी ब्याज र पेनाल्टीमा राष्ट्र बैंकको कडाइ


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   १० : २५   बजे

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीहरूका लागि नयाँ तथा कडा नियम लागू गरेको छ। राष्ट्र बैंकले जारी गरेको ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था (छैटौँ संशोधन)’ ले ब्याजदर, सेवा शुल्क र विलम्ब शुल्कमा कडाइ गर्दै किस्ताबन्दी कर्जालाई थप पारदर्शी बनाउने व्यवस्था गरेको हो।

संशोधित व्यवस्थाले हायर पर्चेज कम्पनीहरूले आफूखुसी ब्याजदर निर्धारण तथा वृद्धि गर्न सक्ने अवस्थालाई नियन्त्रण गरेको छ। अब कम्पनीले आफ्नो कोषको लागतका आधारमा पारदर्शी रूपमा ब्याजदर निर्धारण गर्नुपर्नेछ।

राष्ट्र बैंकमा बुझाइएको तथा सार्वजनिक गरिएको ब्याजदरभन्दा २ प्रतिशत विन्दुभन्दा बढी प्रिमियम वा थपघट गरेर ब्याज लिन नपाइने व्यवस्था गरिएको छ। यसबाट कर्जाग्राहीले कर्जा लिँदा आफूले तिर्नुपर्ने ब्याजबारे स्पष्ट जानकारी पाउनेछन्।

त्यस्तै, किस्ता तोकिएको समयमा भुक्तानी हुन नसकेमा लाग्ने विलम्ब शुल्कमा पनि सीमा तोकिएको छ। नयाँ व्यवस्थाअनुसार हायर पर्चेज कम्पनीले वार्षिक २ प्रतिशतभन्दा बढी पेनाल ब्याज लिन पाउने छैनन्।

पेनाल ब्याज पनि भाका नाघेको साँवा रकममा मात्र गणना गर्नुपर्नेछ। पेनाल्टी रकममाथि पुनः ब्याज लगाएर चक्रवर्ती रूपमा रकम असुल गर्नसमेत प्रतिबन्ध लगाइएको छ।

कर्जा स्वीकृत गर्दा लिइने सेवा शुल्कमा पनि सीमा तोकिएको छ। अब हायर पर्चेज कम्पनीले कर्जा स्वीकृत गर्दा अधिकतम १ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउनेछन्। बाह्य निकायबाट सेवा लिनुपरेमा पनि वास्तविक लागतभन्दा बढी रकम ग्राहकबाट असुल गर्न पाइने छैन।

बहुब्रान्डमा लगानी अनिवार्य

नयाँ व्यवस्थाले हायर पर्चेज कम्पनीलाई एउटै ब्रान्डका सवारीसाधन वा घरायसी उपकरणमा मात्र लगानी गर्ने प्रवृत्तिमा समेत रोक लगाएको छ।

अब कम्पनीहरूले अनिवार्य रूपमा एकभन्दा बढी ब्रान्डका सवारीसाधन वा घरायसी प्रयोजनका उपकरणमा लगानी गर्नुपर्नेछ। यसबाट ग्राहकलाई आफूले रोजेको ब्रान्डका सवारीसाधन वा उपकरण खरिद गर्न सहज हुने अपेक्षा गरिएको छ।

२५ लाखसम्मको कर्जामा प्यान अनिवार्य नहुने

सर्वसाधारण तथा साना व्यवसायीले घरायसी वा व्यावसायिक प्रयोजनका लागि २५ लाख रुपैयाँसम्म कर्जा लिँदा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य नहुने व्यवस्था गरिएको छ।

यसले साना कर्जाग्राहीलाई प्यानसम्बन्धी कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झट कम गर्नेछ।

राष्ट्र बैंकका पछिल्ला संशोधनले हायर पर्चेज कम्पनीबाट लिइने कर्जामा ब्याजदर, सेवा शुल्क र पेनाल्टीको मनपरी नियन्त्रण गर्दै कर्जाग्राहीको हित संरक्षण र किस्ताबन्दी सेवालाई थप पारदर्शी बनाउने उद्देश्य राखेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

यस वर्षकै उच्च विन्दुमा काठमाडौंको तापक्रम, ३२.३ डिग्री सेल्सियस

प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगी स्थगित

सम्बन्धित

इप्पानको १३ बुँदे माग : पीपीएदेखि अनुमतिपत्रसम्म प्रक्रिया सहज बनाउन आग्रह

भृकुटीमण्डपमा नाइमा सवारी प्रदर्शनी सुरु, पहिलो दिनमै दर्शकको भीड

नेपाल सरकारको निशान छाप दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ

लालबकैया खोलामा तीन बालबालिका बेपत्ता

काठमाडौंमा पोर्चुगलको काउन्सिलर कार्यालय खोल्न सरकारको सहमति

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शुल्क अब नगदरहित प्रणालीबाट तिर्न सकिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu