ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिममा मलको अभाव, डीएपीको आपूर्ति झन् कमजोर


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ११ : १५   बजे

धनगढी । सुदूरपश्चिम प्रदेशमा धानखेतीको मुख्य समयमा रासायनिक मलको माग बढे पनि आपूर्ति पर्याप्त हुन सकेको छैन। धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले साउन १ देखि २६ गतेसम्म १ हजार २८७.७ मेट्रिक टन युरिया र २९५.७ मेट्रिक टन डीएपी बिक्री गरेको छ।

सोही अवधिमा कम्पनीले ३३.२५ मेट्रिक टन पोटास बिक्री गरेको जनाएको छ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रादेशिक कार्यालय प्रमुख नवलसिंह बोगटीका अनुसार धानखेतीका लागि आवश्यक मल सहकारी तथा कृषि सामग्री बिक्री केन्द्रमार्फत किसानसम्म पुर्‍याउने गरिएको छ। धान रोपाइँको मुख्य समयमा मलको माग बढेकाले आपूर्ति बढाउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो।

डीएपीको आपूर्ति न्यून

धनगढीका लागि कम्पनीको आवश्यक कोटा १ हजार ९१५.८१५ मेट्रिक टन डीएपी रहेको छ। तर साउन २६ गतेसम्म बिक्री भएको र मौज्दातमा रहेको डीएपी जोड्दा जम्मा ३२६.७ मेट्रिक टन मात्र पुगेको छ।

यसअनुसार आवश्यक कोटाको तुलनामा डीएपीको उपलब्धता करिब १७ प्रतिशत मात्र रहेको छ। कम्पनीका अनुसार आवश्यक कोटाको तुलनामा डीएपीमा १ हजार ५८९.११५ मेट्रिक टन कमी छ।

युरियातर्फ भने धनगढीका लागि आवश्यक कोटा १ हजार ९४७.७०५ मेट्रिक टन रहेकोमा बिक्री र मौज्दात जोड्दा १ हजार ३९७.९५५ मेट्रिक टन पुगेको छ। यो आवश्यकताको करिब ७२ प्रतिशत हो।

कम्पनीमा कति मल मौज्दात ?

हाल कम्पनीको गोदाममा ११०.२५० मेट्रिक टन युरिया, ३१ मेट्रिक टन डीएपी र ९३.६५० मेट्रिक टन पोटास मौज्दात रहेको छ।

धानखेतीका लागि मलको माग उच्च रहेका बेला विशेषगरी डीएपीको आपूर्ति कमजोर हुँदा किसानले मल पाउन समस्या भोगिरहेका छन्।

कम्पनीका प्रादेशिक कार्यालय प्रमुख बोगटीले मागअनुसार आपूर्ति बढाउनुपर्ने अवस्था रहेको बताउँदै उपलब्ध मललाई सहकारी तथा बिक्री केन्द्रमार्फत किसानसम्म पुर्‍याउने काम भइरहेको जानकारी दिनुभयो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अल्ट्राभायोलेटको एक्स ४७ नेपालमा सार्वजनिक, मूल्य ६ लाख ८४ हजार ९००

कांग्रेस असन्तुष्ट पक्षको भेलामा सहभागी हुन पूर्णबहादुर खड्कालाई शशांकको निम्तो

सम्बन्धित

भारतको अनुदानमा नेपालमा आठ उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन हुने

सल्यानका किसानलाई वर्षाले राहत, ९० प्रतिशत धान रोपाइँ सम्पन्न

ओखलढुङ्गामा ९९.८१ प्रतिशत धान रोपाइँ सम्पन्न

दाङमा ९५ प्रतिशत धान रोपाइँ सकियो, सिँचाइ अभावमा केही खेत अझै बाँझै

मोबाइल एप बने किसानका ‘डिजिटल सल्लाहकार’, खेतीदेखि बजारसम्म सूचना हातमै

बाँदर–बँदेलको आतंक रोक्न संसद्मा राष्ट्रिय कार्ययोजना माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu