ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सल्यानका किसानलाई वर्षाले राहत, ९० प्रतिशत धान रोपाइँ सम्पन्न


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ११ : १५   बजे

सल्यान । लामो समयको खडेरीका कारण चिन्तित बनेका सल्यान पश्चिमका किसानलाई पछिल्लो वर्षाले राहत दिएको छ। मध्यबर्खा बितिसक्दा पनि पानी नपरेर सुक्खा बनेका खेतबारीमा पानी पर्न थालेपछि किसानले धान रोपाइँ सुरु गरेका छन्।

पानीको अभावमा धानको ब्याड सुक्न थालेपछि निराश बनेका किसानले वर्षा भएपछि करिब डेढ महिना पुरानो भइसकेको बीउ भए पनि खेतमा रोपाइँ गरेका हुन्।

९० प्रतिशत रोपाइँ सम्पन्न

बनगाड कुपिण्डे नगरपालिकाको कृषि विकास शाखाका अनुसार सोमबार र मंगलबार भएको वर्षाले धान खेतीका लागि राहत पुगेको छ। सल्लीबजार आसपासका नारा, माल्टूरा, सिग्रेखाना, ओदाला, ओदालतारा र टाबु क्षेत्रमा अहिले धमाधम रोपाइँ भइरहेको छ।

कृषि विकास शाखा प्रमुख तथा कृषि अधिकृत नारायणप्रसाद बेल्वासेका अनुसार धान खेती हुने क्षेत्रफलमध्ये करिब ९० प्रतिशतमा रोपाइँ सम्पन्न भइसकेको छ।

भेरी नदी आसपासका किसानले यसअघि मोटरबाट पानी तानेरसमेत सिँचाइ गरी रोपाइँ गरेका थिए। अब कालागाउँ, टाट्के र भलाखर्क आसपासका केही उकालो तथा ढिलो पानी पुग्ने क्षेत्रमा मात्र धान रोप्न बाँकी रहेको किसानले बताएका छन्।

ढिलो रोपाइँले उत्पादन घट्ने चिन्ता

किसानले असार १६ गतेतिर धानको ब्याड राखेका थिए। तर पानी नपर्दा ब्याडमै बीउ सुक्न थालेको थियो।

कृषि अधिकृत बेल्वासेका अनुसार सामान्यतया २० देखि २५ दिनको बीउ रोप्नु उपयुक्त हुन्छ। ३० दिनभन्दा बढी पुरानो बीउ रोप्दा गाँजिने क्षमता घट्ने र उत्पादनमा कमी आउन सक्छ।

“किसानले राखेको ब्याड ४० दिनभन्दा बढी भइसकेको छ। बूढो भइसकेको बीउ रोप्दा उत्पादनमा कमी आउन सक्छ,” उहाँले भन्नुभयो।

समयमै वर्षा नहुँदा यस वर्ष धान उत्पादनमा केही कमी आउने जोखिम भए पनि वर्षा भएपछि ब्याडमै बीउ सुकेर खेत बाँझो रहने अवस्था भने टरेको कृषि शाखाले जनाएको छ।

सुख्खाग्रस्त क्षेत्रमा दीर्घकालीन योजना

खडेरी बढेपछि कर्णाली प्रदेश सरकारको कृषि तथा सहकारी मन्त्रालयले गठन गरेको कार्यदलले सुर्खेतको सिम्ता र सल्यानको बनगाड कुपिण्डे क्षेत्रका सुख्खाग्रस्त क्षेत्रमा स्थलगत अनुगमन गरेको थियो।

अनुगमनपछि नगरपालिकामा बसेको बैठकले सुख्खाग्रस्त क्षेत्रको दीर्घकालीन र अल्पकालीन समाधानका लागि विभिन्न योजना अघि बढाउने निर्णय गरेको थियो।

जसअनुसार सुख्खाग्रस्त क्षेत्रको क्षेत्रफल, उत्पादन तथा उत्पादकत्वसम्बन्धी तथ्याङ्क संकलन गर्ने, उपयुक्त बाली तथा जात छनोट गर्ने, बाली विविधीकरण र बाली चक्र अपनाउने तथा आवश्यक राहत र सिँचाइका पाइप उपलब्ध गराउने विषय अघि सारिएको छ।

यस्तै, बनगाडका वडा नं. १, ३, ६ लगायतका क्षेत्रमा डिप बोरिङ तथा लिफ्ट सिँचाइ प्रणाली सञ्चालनको सम्भाव्यता अध्ययन गरी योजना अघि बढाउने तयारीसमेत गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको कूटनीतिक भेटघाट ‘स्टन्ट’ मात्र : कांग्रेस प्रवक्ता चालिसे

सुनको भाउमा सामान्य करेक्सन, तोलामा १,२०० रुपैयाँ घट्यो

सम्बन्धित

सुदूरपश्चिममा मलको अभाव, डीएपीको आपूर्ति झन् कमजोर

ओखलढुङ्गामा ९९.८१ प्रतिशत धान रोपाइँ सम्पन्न

दाङमा ९५ प्रतिशत धान रोपाइँ सकियो, सिँचाइ अभावमा केही खेत अझै बाँझै

मोबाइल एप बने किसानका ‘डिजिटल सल्लाहकार’, खेतीदेखि बजारसम्म सूचना हातमै

बाँदर–बँदेलको आतंक रोक्न संसद्मा राष्ट्रिय कार्ययोजना माग

६० रोपनी बाँझो जमिनमा आलु र तिते फापर फलाउँदै जन्तेढुङ्गा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu