ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अल्ट्राभायोलेटको एक्स ४७ नेपालमा सार्वजनिक, मूल्य ६ लाख ८४ हजार ९००


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   १२ : २५   बजे

काठमाडौं । वैद्यज अर्गनाइजेशनले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटको नयाँ क्रसओभर मोटरसाइकल एक्स४७ नेपाली बजारमा सार्वजनिक गरेको छ।

नेपालका लागि अल्ट्राभायोलेटको आधिकारिक वितरक वैद्यज अर्गनाइजेशनले एक्स४७ को मूल्य ६ लाख ८४ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ। क्रसओभर डिजाइन, आधुनिक प्रविधि र उच्च प्रदर्शनलाई संयोजन गरिएको यो मोटरसाइकलले नेपाली विद्युतीय मोटरसाइकल बजारमा नयाँ विकल्प थप्ने कम्पनीको विश्वास छ।

कम्पनीका अनुसार एक्स४७ दैनिक आवागमनसँगै लामो तथा रोमाञ्चक यात्रा र एड्भेन्चर राइडिङमा रुचि राख्ने राइडरलाई लक्षित गरी विकास गरिएको हो।

वैद्यज अर्गनाइजेशनले यसअघि नै नेपाली बजारमा अल्ट्राभायोलेटका एफ–७७ ओरिजिनल र एफ–७७ रिकन मोडलको बुकिङ खुला गरिसकेको छ। एफ–७७ ओरिजिनलको सुरुआती मूल्य ८ लाख ११ हजार रुपैयाँ र एफ–७७ रिकनको मूल्य ९ लाख ६९ हजार रुपैयाँ तोकिएको थियो।

एफ–७७ का विशेषता

एफ–७७ मा १०.३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा ३२३ किलोमिटर आईडीसी रेन्ज प्रदान गर्छ। मोटरसाइकलमा ३० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ, जसले अधिकतम १०० एनएम टर्क उत्पादन गर्छ।

प्रदर्शनका हिसाबले एफ–७७ ले ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति २.८ सेकेन्डमै हासिल गर्न सक्ने कम्पनीको दाबी छ। यसको अधिकतम गति १५५ किलोमिटर प्रतिघण्टा रहेको छ।

यसमा ३९ लेभलको ट्र्याक्सन कन्ट्रोल सिस्टमसमेत रहेको छ, जसले विभिन्न सडक तथा राइडिङ परिस्थितिमा मोटरसाइकलको पकड र स्थिरता कायम राख्न सहयोग गर्ने कम्पनीले जनाएको छ।

नाइमा मोबिलिटी एक्स्पोको अवसरमा एफ–७७ को मूल्य १० लाख ५० हजार रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार यो एक्स्पो अवधिका लागि विशेष मूल्य हो र एक्स्पोपछि मोटरसाइकलको मूल्य वृद्धि हुनेछ।

इलेक्ट्रिक मोटरसाइकल पोर्टफोलियो विस्तार

एक्स४७ सार्वजनिक भएसँगै अल्ट्राभायोलेटले नेपाली बजारमा आफ्नो इलेक्ट्रिक मोटरसाइकल पोर्टफोलियो थप विस्तार गरेको छ।

कम्पनीले नयाँ मोडलमार्फत दैनिक आवागमनदेखि लामो दूरी र एड्भेन्चर राइडिङसम्मका लागि उच्च प्रदर्शन, आधुनिक प्रविधि र आकर्षक डिजाइनको संयोजन प्रस्तुत गर्ने लक्ष्य लिएको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Thousands Protest in Spain Over Ceuta’s Ongoing Migration Crisis

Xi Jinping Calls for Deepening China-Egypt Cooperation, Proposes New Mideast Security Architecture

Xi Concludes State Visit to Egypt with Cooperation Agreements

Xi Jinping Tours Grand Egyptian Museum With El-Sisi

China Launches Multi-Pronged Rescue Mission After Deadly Mudslide

Lawmakers Press Army on Drone Unit Cancellation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu