ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको अनुदानमा नेपालमा आठ उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन हुने


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   १२ : २५   बजे

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँग सम्बन्धित आठ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन हुने भएका छन्।

परियोजना कार्यान्वयनका लागि काठमाडौंस्थित भारतीय दूतावास, नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित परियोजना कार्यान्वयन निकायबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

भारतीय दूतावासका अनुसार आठवटै परियोजनाको कुल बजेट ८० करोड ३० लाख रुपैयाँ रहेको छ। परियोजनाहरू स्थानीय तह तथा सम्बन्धित संस्थामार्फत कार्यान्वयन गरिनेछन्।

समझदारी भएका परियोजनामा सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिजिटलाइजेसन, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण र धादिङको ज्वालामुखी गाउँपालिका–६ मा नगरीय कृषि तथा पशुपन्छी केन्द्र भवन निर्माण रहेका छन्।

त्यस्तै, मोरङको बेलबारी नगरपालिका–३ स्थित बेलबारी बहुमुखी क्याम्पसको भवन, दैलेखको डुंगेश्वर गाउँपालिका–५ मा १० शय्याको अस्पताल, हुम्लाको सर्केगाड गाउँपालिका–४ मा कृषि प्रवर्द्धन केन्द्र, स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ मा कोल्ड स्टोर तथा सुनसरीको बर्जु गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण हुनेछन्।

भारतीय दूतावासका अनुसार सन् २००३ यता भारत सरकारले नेपालमा ६०५ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ। तीमध्ये स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, कनेक्टिभिटी, सरसफाइ तथा सार्वजनिक उपयोगितासहितका क्षेत्रमा ५१२ वटा परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी परियोजना कार्यान्वयनका विभिन्न चरणमा छन्।

भारतीय दूतावासले उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपालका प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिका लागि नेपाल सरकारको प्रयासलाई सुदृढ पार्ने जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दशकदेखि रोकिएन पहिरो, ओखलढुंगामा पाँच परिवार उच्च जोखिममा

सरकारी कार्यालयमा निवेदनको ढाँचा अब एउटै हुने

सम्बन्धित

सल्यानका किसानलाई वर्षाले राहत, ९० प्रतिशत धान रोपाइँ सम्पन्न

सुदूरपश्चिममा मलको अभाव, डीएपीको आपूर्ति झन् कमजोर

ओखलढुङ्गामा ९९.८१ प्रतिशत धान रोपाइँ सम्पन्न

दाङमा ९५ प्रतिशत धान रोपाइँ सकियो, सिँचाइ अभावमा केही खेत अझै बाँझै

मोबाइल एप बने किसानका ‘डिजिटल सल्लाहकार’, खेतीदेखि बजारसम्म सूचना हातमै

बाँदर–बँदेलको आतंक रोक्न संसद्मा राष्ट्रिय कार्ययोजना माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu