ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई दशकदेखि रोकिएन पहिरो, ओखलढुंगामा पाँच परिवार उच्च जोखिममा


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   २ : ०५   बजे

ओखलढुंगा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँमुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो नियन्त्रण हुन नसक्दा पाँच घरपरिवार उच्च जोखिममा परेका छन् । सिस्नेखोलाको कटानबाट सुरु भएको पहिरो दिनप्रतिदिन फैलिँदै जाँदा स्थानीय जोखिम मोलेरै बस्न बाध्य छन् ।

पहिरोले घरबाससँगै सयौँ रोपनी खेतीयोग्य जमिन बगाएर बगरमा परिणत गरेको छ । डेढ दशकअघि चुप्लु गाउँमा पहिरोले घरखेत गुमाएपछि डाँडाखर्कमा बसाइँ सरेका राईबहादुर राईको घरसम्मै अहिले पहिरो आइपुगेको छ । ‘उतिबेला चुप्लुमा पहिरोले उठिबास लगायो, अहिले फेरि यहीँ घर बगाउने अवस्था आयो,’ उनले भने ।

स्थानीयका अनुसार पहिरोको शिरमै गाउँ रहेकाले पाँच घरसँगै थप करिब ४० परिवारसमेत जोखिममा छन् । पहिरो नियन्त्रणका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारसँग पटक–पटक आग्रह गरिए पनि प्रभावकारी काम हुन नसकेको उनीहरूको गुनासो छ ।

पहिरोले खेतीयोग्य जमिन बगाए पनि भूमिकर भने तिर्नुपरिरहेको स्थानीयको गुनासो छ । पहिरोपीडित गीतामाया राईले राज्यले तिरो लिने तर राहत तथा पहिरो नियन्त्रणका लागि प्रभावकारी काम नगरेको बताइन् ।

डाँडाखर्कको समस्या ओखलढुंगा जिल्लाका दर्जनौँ पहिरो प्रभावित क्षेत्रको प्रतिनिधि समस्या हो । स्थानीयले दीर्घकालीन प्राविधिक समाधान, जोखिममा रहेका परिवारको सुरक्षित पुनःस्थापना र जीविकोपार्जन संरक्षणका लागि तीनै तहका सरकारसँग तत्काल पहल गर्न माग गरेका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता आरोप, छानबिन समिति गठन गर्न सांसद सुनुवारको माग

संसद्मा कोरम नपुग्नु : नयाँ अनुहार, पुरानै गैरजिम्मेवारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

साउन २९ देखि प्रदर्शनमा आउँदै ‘लज्जावती’, प्रेम सम्बन्धको उतारचढाव मुख्य कथावस्तु

निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता आरोप, छानबिन समिति गठन गर्न सांसद सुनुवारको माग

सेयरबजारमा सामान्य वृद्धि, साढे ३ अर्बको कारोबार

गणेश पाण्डेको ‘द एभरेस्ट ड्रिम’लाई अमेरिकामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड

संसद्मा कोरम नपुग्नु : नयाँ अनुहार, पुरानै गैरजिम्मेवारी

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले थप ३० अर्ब रुपैयाँ तान्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu