ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ वर्षको पूर्वसन्ध्यामा रारा पुगे प्रधानमन्त्री , कर्णाली प्रदेशले माग्यो समृद्धिको बाटो ?


एबीसी न्यूज
३० चैत्र २०७४, शुक्रबार   ९ : ४९   बजे

मुगु,  ३० चैत । डोल्पालीसँगको भेटघाटसँगै त्रिपुरासुन्दरी मन्दिरको दर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओली नेपालको ठूलो ताल रारामा आइपुग्नुभएको छ ।

नयाँ वर्ष वैशाख १ गते ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ उद्घाटन गर्न प्रधानमन्त्री ओली आज अपराह्न यहाँ आइपुग्नुभएको हो । उहाँले आजै डोल्पाको शे–फोक्सुण्डो र ढोरपाटन शिकार आरक्ष अवलोकन गर्नुभयो । राराताल पुग्नुभएका प्रधानमन्त्रीको रात्रिबास भने श्रीदल गुल्म रारामा हुने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मीले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशले आफ्नो समृद्धिका लागि प्रधानमन्त्री ओली राष्ट्रिय महत्वका योजनालाई केन्द्रले सरकारले आफ्नो योजनामा समावेश गर्न अनुरोध गरेको  छ ।

शुक्रबार कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख आतिथि बनाएर रारामा मत्रीपरिषदको बैठक बसेको होे । कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठक रारामा बसेको छ । बैठकले कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि केन्द्र सरकारसँग विभिन्न अनुरोध गरेको छ ।

बैठकले कर्णालीको प्रवद्र्धनका लागि पर्यटन प्रवद्र्धनका लागि पर्यटन प्राधिकरण बनाई योजना बनाएर अघि बढ्ने निर्णय गरेको छ ।  बैठकले सुर्खेतदेखि हिल्साको सडकखण्डलाई प्रधानमन्त्री अन्तर्राष्ट्रिय दु्रतमार्गका रुपमा लिएर केन्द्रीय सरकारलाई आफ्नो योजनामा समेटन् पनि अनुरोध गरिएको छ ।

भेरी करिडोर र कर्णाली करिडोरलाई पनि केन्द्रीय योजना र आफ्नो बजेटमा समावेश गरिनुपर्ने बैठकबाट प्रधामन्त्री ओलीलाई आग्रह गरिएको छ ।  सुर्खेतलाई शहरीकरण गर्ने र एकीकृत बस्ती विकासको लागि गुरुयोजना बनाउन पनि प्रदेश सरकारले निर्णय गरेको छ । 

प्रधानमन्त्री ओलीसँग प्रदेश सरकारले कर्णाली प्रदेशको उत्तरी नाका खोल्नका  लागि पनि केन्द्र सकारबाट पहल गरिदिन आग्रह गरेको छ । नाका खोल्नका लागि केन्द्र सकारले आफ्नो योजनामा समावेश गर्न प्रधानमन्त्रीलाई अनुरोध गरिएको छ । हुम्लाको हिल्सा, मुगुको नाक्चे नाग्ला, डोल्पाको नाका खोल्नको लागि प्रदेश सकारले केन्द्र सरकारसँग सहयोग मागेको हो ।

बैठकमा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सम्भावना बोकेको प्रदेश भएको भन्दै प्रदेश सरकारलाई अघि बढ्न भन्दै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको कर्णाली प्रदेशकी प्रवक्ता सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशले जडिबुटी तथा पर्यटनबाट आफूलाई समृद्ध बनाउन सक्षम हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

विदेशी मुद्राको भाउमा फेरबदल : डलर र युरो बढ्दा पाउन्ड घट्यो

प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने

सेयर कारोबारी दिपेन्द्र अग्रवालसँग जोडिएका आफन्त र साझेदारका बैंक खाता तथा सम्पत्ति रोक्का

रास्वपाले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गर्‍यो

ब्रोकरबाट ऋण लिएर सेयर किन्न पाउने व्यवस्था ल्याउँदै सेबोन

छ वर्षदेखि जग्गा रोक्का, मुआब्जा नपाएपछि पूर्व–पश्चिम रेलमार्ग प्रभावित जग्गाधनी आक्रोशित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu