ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभामा ग्यास अभावदेखि शान्ति सुरक्षासम्मका विषय उठे


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   २ : ४५   बजे

काठमाडौँ । राष्ट्रिय सभाको बुधबार बसेको बैठकको शून्य समयमा सांसदहरूले खाना पकाउने एलपी ग्यासको अभाव, शान्ति सुरक्षा, महँगी तथा सरकारको कार्यशैलीलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद कमला पन्तले बजारमा एलपी ग्यासको अभाव भइरहँदा पनि सरकारले आपूर्ति सहज रहेको दाबी गर्नु लज्जास्पद भएको बताइन्। जनताको घरघरमा चुलो बल्न छाडेको भन्दै उनले ग्यासको आपूर्ति सहज बनाउन प्रभावकारी नियमन गर्न सरकारसँग माग गरिन्।

नेकपा (एमाले)की सांसद **मदनकुमारी शाह ‘गरिमा’**ले ‘डेलिभरी’को नारा दिने सरकारले जनतालाई ग्यासका लागि घण्टौँ लाइनमा बस्न बाध्य बनाएको भन्दै सरकारको आलोचना गरिन्। सांसद तुलप्रसाद विश्वकर्मा र नरबहादुर विष्टले पनि ग्यास अभावका कारण नागरिकले सास्ती भोगिरहेको भन्दै तत्काल समस्या समाधान गर्न माग गरे।

उनीहरूले माइतीघर मण्डलमा ११६ दिनदेखि धर्नारत दिपा नेपालीको मागप्रति सरकार उदासीन रहेको भन्दै ध्यानाकर्षण गराए।

सुनसरी घटनाको छानबिन माग

सांसद नारायणदत्त मिश्रले सुनसरीको देवानगन्जमा भएको हिंसात्मक घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै निष्पक्ष न्यायिक छानबिन गर्न माग गरे। दुई समूहबीच तनाव बढ्दा सुरक्षा संयन्त्र समयमै परिचालन हुन नसकेको भन्दै उनले दोषीलाई कारबाही गर्न आग्रह गरे।

त्यस्तै, सिराहाको गोलबजारमा भएको आगजनी र भौतिक क्षतिबारे सांसद मोहम्मद खालिदले पीडितलाई उचित क्षतिपूर्ति दिन तथा उनीहरूको सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरे।

महँगी र सरकारी कार्ययोजनामाथि प्रश्न

सांसद भूवनबहादुर सुनारले सरकारको सय बुँदे कार्ययोजनाको आलोचना गर्दै सुकुम्वासी बस्तीमा डोजर आतंक, रासायनिक मलको अभाव र महँगी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाए।

सांसद युवराज शर्माले राष्ट्रिय ट्रमा सेन्टरमा रहेका महँगा स्वास्थ्य उपकरण बिग्रिएको, विद्युतमा भ्याट लगाइएको तथा बजारमा कृत्रिम अभाव सिर्जना भएको विषय उठाउँदै यस्ता समस्याले जनतामा निराशा बढाएको बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी विद्रोहपछि पनि युवाका समस्या समाधान भएनन् : आङ्देम्बे

एमाले पुनर्जागरण अभियानद्वारा ओलीलाई आठबुँदे माग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Iran Rejects Trump’s Control Claim Over Strait of Hormuz Amidst Escalating Tensions

Lebanon Abolishes Death Penalty, Joins Growing Global Movement

Russian Banker Warns International Payments Are Becoming a ‘New Warfare’ Tool

ट्रम्पको दाबी : इरानमाथि विश्वास छैन, होर्मुज जलमार्गमा अमेरिकाको पूर्ण नियन्त्रण

जेनजी विद्रोहपछि पनि युवाका समस्या समाधान भएनन् : आङ्देम्बे

एमाले पुनर्जागरण अभियानद्वारा ओलीलाई आठबुँदे माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu